शुक्रबार, साउन १, २०८३

राहत बोकेर पीडितको घरमै पुगे मन्त्री

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
                                                                                   तस्विरः राहत वितरण गर्दै मन्त्री विमला केसी

सुर्खेत- कर्णाली प्रदेशका मन्त्री विमला केसी राहत लिएर पश्चिम रुकुमका बाढीपहिरो पीडितको घरमै पुगेकी छिन्। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री केसी बिहीबार राहत बोकेर पीडितको घरमै पुगेकी हुन्। 

रुकुमको आठविसकोट नगरपालिकाका पहिरोबाट पीडित ३१ घरपरिवारलाई राहत लिएर केसी पीडितको घरमै पुगेकी हुन्। प्रदेश सरकारको तर्फबाट राहत राहत बोकेर राडी बजारमा पुगेकी मन्त्री केसीले पीडितकै हातमा राहत वितरण गरेकी छिन्। 

राहत वितरण गर्दै मन्त्री केसीले पहिरोपिडतका लागि एकिकृत नमुना वस्तीको विकास गरिने वताएकी छन् पहिरोपिडित परिवारलाई पुनस्थापनाका लागि प्रदेश सरकारका तर्फवाट पहल गरिने वताएकी हुन्। पहिरोको जोखिममा परेको वस्तीलाई  एकिकृत नमुना वस्ती विकासको लागि कुनै कसुरवाँकी नराख्ने मन्त्री केसी दाबी गरिन्।

गत साउन २८ गतेदेखि भाद्र ४ गतेसम्म गएको पहिरोवाट आठविसकोट नगरपालिकाका वडा नंम्बर ४, ९ र ११ मा ३१ परिवार विस्थापीत भएका थिए। प्रदेश सरकारकातर्फबाट प्रति परिवार २० हजारका दरले राहत प्रदान गरिएको छ। 


पहिरोले विस्थापित भएकाहरुलाई प्रदेश सरकारको राहतले केही हदसम्म भएपनि पीडामाथि मलम लगाउने मन्त्री केसीले विस्वास व्यक्त गरिन्। नगरपालिकाको तर्फबाट प्रति परिवार पाँच हजार, जिल्ला प्रशासन कार्यालय पश्चिम रुकुमले ९ हजार र नेपाल रेडक्रशको तर्पबाट खाद्यान वितरण गरिएको थियो। पहिरोले २५ करोडको क्षती पुर्‍याएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।