सुखड- कैलालीमा सत्ता गठबन्धनले प्रयोग गर्दै आएको गाडीमा तोडफोड भएको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर-३ प्रदेश सभा क्षेत्र ‘ख’ सत्ता गठबन्धनका साझा उम्मेदवार अमर बहादुर साउँदको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडीमा अज्ञात समूहले तोडफोड गरेको हो।
आइतबार घरदैलोका क्रममा वडा नम्बर ५ को भगड्डी गाउँमा रोकिराखेको गाडीमा तोडफोड भएको प्रहरीले जनाएको छ। तोडफोडबाट से१च १५९० नम्बरको गाडीको पछाडि भागको सिसा फुटेको छ।
आइतबार राति ८ बजे चुनावी प्रचारमा गाउँ घरमा गएकाको बेला रोकिराखेको गाडी तोडफोड भएपछि तोडफोडमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।