सिरहा- प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित प्रहरीले आइतबार सिरहाको तेत्तिस बिघाबाट दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार धनगढीमाई नगरपालिका-५ स्थित तेत्तिस बिघामा जाँचका क्रममा १० ग्राम ९ सय २० मिलीग्राम अवैध लागू पदार्थ ब्राउन सुगरसहित धनगढीमाई नगरपालिका–१३ का २२ वर्षीय बलराम यादव र १८ वर्षीय हरि नारायण यादवलाई पक्राउ गरेको हो।
उनीहरूले प्रयोग गरेको स. ८ प २२९९ नम्बरको मोटरसाइकलसहित २९ हजार नगद बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत सिरहामा आइतबार लागूऔषध कारोबार मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।