शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्मला हत्या प्रकरण: एसपी विष्टसहित तीन जनाको डीएनए परीक्षण थालियो

निर्मला हत्या प्रकरण: एसपी विष्टसहित तीन जनाको डीएनए परीक्षण थालियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कञ्‍चनपुरको उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्‍कारपछि हत्याको घटनाको अनुसन्धानका लागि निलम्बित एसपी डिल्लीराज विस्ट, उनका छोरा किरण विस्ट र भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विस्टका भतिज आयुष विस्‍टको डिएनए परीक्षण शुरु गरिएको छ। 

निर्मला बलात्कारपछि हत्याको अनुसन्धानमा शुरु देखि नै लापरवाही गरेर प्रमाण नष्ट गरेको आरोपमा निलम्बनमा परेका एसपी विस्टसँगै उनका छोरा र मेयरका भतिजको डिएनए परिक्षणका लागि नमुना संकलन गरेर पठाइएको प्रहरी प्रवक्ता शैलेस थापाले बताए। 

डीएनए परिक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जका फोरेन्सिक विज्ञ प्राध्यापक डा. हरिहर वस्तीले नमुना संकलन गरेर प्रहरीलाई बुझाएका हुन्।

मृतकको योनीबाट लिइएको 'स्वाब' को डीएनए परिक्षणमा भेटीएको पुरुषको डीएनए अभियुक्तका रुपमा सार्वजनिक गरिएका दीलिपसिंह विष्टसँग नमिलेका कारण उनलाई छाडिएको दुर्इ दिनपछि निलम्बित एसपी विष्टको डीएनए परिक्षण शुरु गरिएको हो। 

त्यस्तै, निर्मला पन्तको हत्या हुनु अघि उनी गएको घरकी रोशनी र बबिता बम पनि छुटिसकेका छन्। रोशनी हाजिरी जमानीमा छुटेकी हुन् भने बबिता ३० हजार रुपैयाँ धरौटीमा छुटेकी हुन् ।

मुलुकी फौजदारी कार्यविधि (संहिता) २०७२ को दफा १५ अनुसार अनुसन्धानको सिलसिलामा हिरासतमा रहेका व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई धरौट वा जमानत लिई वा उसलाई अभिभावकको जिम्मामा हाजिर जमानीमा छोड्न सक्ने व्यवस्था छ।

साउन १० गते पढ्‍नका लागि साथि रोशनीको घर गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते उखुबारीमा शव भेटिएको थियो। तर, लामो समयसम्म बम दिदीबहिनीलाई स्थानीय प्रहरीले अनुसन्धानको दायरामा ल्याएको थिएन।

आन्दोलन चर्किएर प्रहरीको गोलीबाट एक बालकको मृत्यु भएपछि स्थानीय प्रशासन र प्रहरीको नेतृत्व परिर्वतन गरेपछि मात्र बम दिदीबहिनी पक्राउ परेका थिए। 

निर्मला घटनाको निष्पक्ष छानविनको लागि माग गर्दै आन्दोलित भएका स्थानीयलार्इ गोली चलाउँदा १४ वर्षीय सन्नी खुनाको ज्यान गएको थियो भने छ जना घाइते भएका थिए। घाइतेमध्ये दुर्इ अझै गम्भीर छ। 

सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिलार्इ दिएको १५ दिनको म्याद फेरि १५ दिनका लागि थप गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।