सोमबार, वैशाख २८, २०८३

भूकम्पका बेला भागेका वृद्धको लडेर मृत्यु

भूकम्पको धक्का महशुस भएका बेला घरबाहिर निस्किदा घरको सिडिबाट लडेर जिल्लाको डिलासैनी गाउँपालिका–१ सेल्तडाकाका ६६ वर्षीय हरि लुहारको मृत्यु भएको हो।
 |  आइतबार, कात्तिक २७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २७, २०७९

बैतडी- बैतडीमा शनिबार राति ८ बजेर १२ मिनेट जाँदा घर बाहिर भाग्न लागेका व्यक्तिको लडेर मृत्यु भएको छ। 

National life

भूकम्पको धक्का महशुस भएका बेला घरबाहिर निस्किदा घरको सिडिबाट लडेर जिल्लाको डिलासैनी गाउँपालिका–१ सेल्तडाकाका ६६ वर्षीय हरि लुहारको मृत्यु भएको हो। भूकम्पको धक्का महशुस भएकै बेला आत्तिएर घर बाहिर निस्किन खोज्दा लडेर उनको मृत्यु भएको डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशीले जानकारी दिए। 

मृतक लुहारको टाउकोमा चोट लागेको छ। गम्भीर घाइते भएका उनलाई अस्पताल लैजाने तयारी गर्नै लाग्दा मृत्यु भएको परिवारीक श्रोतले जनाएको छ। गाउँपालिका अध्यक्ष जोशी, उपाध्यक्ष भगीरथ बोहरालगायतको टोलीले मृतकको घरमै पुगेर मृतकका परिवारलाई २० हजार किरिया खर्च हस्तान्तरण गरेको छ। 

यस्तै नेपाल रेडक्रस सोसाइटी, स्काउटलगायतका संघसंस्थाले मृतकका परिवारलाई केही खाद्यान्न सामग्री सहयोग गरेको पनि बताइएको छ। 

शनिबार राति ८ बजेर १२ मिनेट जाँदा बैतडीसहित सुदूरपश्चिममा  ठूलो धक्का महशुस गरिएको थियो। बझाङको पाटादेवल केन्द्रबिन्दु भएर ५.४ म्याग्नुच्युटको  भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।


प्रकाशित: Nov 13, 2022| 20:33 आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।