शुक्रबार, जेठ ४, २०८१

विश्वकप विजेताले कति पाउँछ पुरस्कार?

कतारमा हुने विश्वकपको विजेताले अहिलेसम्मकै सबैभन्दा धेरै ४२ मिलियन अमेरिकी डलर पाउनेछन्। जुन चार वर्षअघि रुसमा भएको विश्वकप विजेता फ्रान्सले पाएको भन्दा ४ मिलियन बढी हो।
 |  आइतबार, कात्तिक २७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २७, २०७९

काठमाडौं- आगामी सातादेखि कतारमा सुरु हुने विश्वकपको माहोल विश्वभर बन्दैछ। फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप फुटबल विश्वकै ठूलो खेल मेलामा पर्छ। एक महिनासम्म चल्ने विश्वकपको उपाधि कसले जित्ला भन्ने धेरैको चासो छ।

triton college
कतारमा हुने फिफा विश्वकप फुटबलको लागि विश्वको उत्कृष्ट ३२ टिमहरु अहिले अन्तिम तयारीमा जुटेका छन् भने छनोट भएका टिमहरु आफ्नो टोली घोषणामा व्यस्त छन्।

विश्वकपमा आयोजकको हैसियतमा डेब्यू गर्न लागेको कतार र छनोट भएर आएका ३१ राष्ट्रहरु विश्वकप ट्रफी जित्न नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म प्रतिस्पर्धामा उत्रनेछन्।

अन्तिममा ३२ मध्ये एक टिम मात्र विजेता हुनेछ। विश्वकपको विजेतासँगै विश्वकप खेल्ने सबै टिमले पनि नगद पुरस्कार पाउनेछन्।

विश्वकप विजेताले फिफा विश्वकप ट्रफी पाउनेछन्। जसको मूल्य २० मिलयन अमेरिकन डलर बराबरको भएको बताइएको छ। १८ क्यारेट सुन जडित उक्त ट्रफी ३६.८ सेन्टिमिटर अग्लो छ भने ६.१ किलोग्राम तौलको छ। यद्यपी विश्वकप जसले जिते पनि सक्कली ट्रफी लैजान भने पाउँदैनन्।

विश्वकप विजेताले उपाधिसँगै ठूलो मात्रामा नगद रकम पाउनेछन्। विश्वकप विजेताले पाउने रकम आश्चर्यजनक छ। र, हरेक संस्करणमा विजेताले पाउने रकममा वृद्धि हुँदै आइरहेको छ।

corrent noodles
Metro Mart

कतारमा हुने विश्वकपको विजेताले अहिलेसम्मकै सबैभन्दा धेरै ४२ मिलियन अमेरिकी डलर पाउनेछन्। जुन चार वर्षअघि रुसमा भएको विश्वकप विजेता फ्रान्सले पाएको भन्दा ४ मिलियन बढी हो। यस्तै २०१४ को ब्राजिल विश्वकप भन्दा ७ मिलियनले बढी हो। अब बन्ने विश्वकप विजेताले पाउने रकम नेपालीमा हिसाव गर्दा करिव ५ अर्ब ४४ करोड हुन आउँछ।

विश्वकप विजेताले ५ अर्ब ४४ करोड २३ लाख ६० हजार (नेपाल राष्ट्र बैंकअनुसार आइतबार अमेरिकी डलरको बिक्री मूल्य) पाउनेछन्। यस्तै उपविजेताले ३० मिलियन डलर अर्थात नेपाली रकम ३ अर्ब ८८ करोड ७४ लाख पाउनेछन्।

तेस्रो हुने टिमले २७ मिलियन अर्थात ३ अर्ब ४९ करोड ८६ लाख ६० हजार र चौथो हुने टिमले २५ मिलियन अर्थात ३ अर्ब २३ करोड ९५ लाख रुपैयाँ पाउनेछन्। क्वाटरफाइनल पुग्ने टिमले १७ मिलियन अर्थात २ अर्ब २० करोड २८ लाख ६० हजार रुपैयाँ पाउनेछन्।

अन्तिम १६ मा पुग्ने टिमहरुले १३ मिलियन डलर अर्थात १ अर्ब ६८ करोड ४५ लाख ४० हजार पाउनेछन्। समूह चरणमा खेल्ने टिमले ९ मिलियन अर्थात १ अर्ब १६ करोड ६२ लाख २० हजार रुपैयाँ पाउनेछन्।

कतार विश्वकपको कूल पुरस्कार राशी ४४० मिलियन अर्थात ५७ अर्ब १ करोड ५२ लाख रुपैयाँ छ।

कतार विश्वकपमा पुरस्कार राशी

विजेता: ४२ मिलियन डलर

उपविजेता: ३० मिलियन डलर

तेस्रो स्थान: २७ मिलियन डलर

चौथो स्थान: २५ मिलियन डलर

क्वाटरफाइन: १७ मिलियन डलर

अन्तिम १६ : १३ मिलियन डलर

समूह चरण: ९ मिलियन डलर


प्रकाशित: Nov 13, 2022| 21:00 आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।