सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उम्मेदवारको प्राथमिकतामा परेन वन्यजन्तु र निकुञ्जको समस्या

उम्मेदवारको प्राथमिकतामा परेन वन्यजन्तु र निकुञ्जको समस्या

विभिन्न एजेन्डा लिएर मतदाताका घरदैलोमा पुगे पनि वर्षौँदेखि वन्यजन्तु र निकुञ्जको समस्याबाट पीडित जनताको विषयमा भने उम्मेदवारका प्रतिबद्धता र घोषणापत्रमा चासो र महत्त्व दिएको पाइएको छैन।
 |  आइतबार, कात्तिक २७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २७, २०७९

नवलपरासी- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन अब आठदिन मात्रै बाँकी छ। राजनीतिक दल र स्वतन्त्र उम्मेदवार आफ्ना एजेन्डासहित मत माग्दै मतदाताको घरदैलोमा पुगेका छन्।

National life

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीमा पनि उम्मेदवार आ-आफ्ना एजेन्डा बोकेर मतदाताको घरदैलो पुगेका छन्। विभिन्न एजेन्डा लिएर मतदाताका घरदैलोमा पुगे पनि वर्षौँदेखि वन्यजन्तु र निकुञ्जको समस्याबाट पीडित जनताको विषयमा भने उम्मेदवारका प्रतिबद्धता र घोषणापत्रमा चासो र महत्त्व दिएको पाइएको छैन।

चितवन राष्ट्रिय निकुञ्जको प्रभावित क्षेत्र पूर्वी नवलपरासीका गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु र विनयी त्रिवेणीका मध्यवर्ती क्षेत्रमा बस्ने बासिन्दाले वर्षौंदेखि वन्यजन्तु र निकुञ्जका कारण भोग्नुपरेका समस्या उम्मेदवारको प्राथमिकतामा नपर्दा निर्वाचन आए पनि उत्साह छैन।

‘दुःख गरेर लाएको खेती हरेक वर्ष निकुञ्जबाट निस्केका वन्यजन्तुले सखाप पारिदिन्छन्, वन्यजन्तु रोकथाम त परै जाओस् क्षतिपूर्ति पनि पाइँदैन’, कावासोती-१७ का मनोज महतोले भने, ‘उम्मेदवार भोट माग्न आएका छन्, ठूला–ठूला योजना सुनाउँछन्, वन्यजन्तु रोकथामको योजना नै छैन।’ 

वन्यजन्तु मात्रै होइन वि.सं २०५२ मा जारी भएको मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली संशोधन र परिमार्जन नहुँदा विकास निर्माणमा अवरोध भएको देवचुली–१५ का वसन्त पोखरेलले बताए। विकास निर्माण मात्रै नभइ मध्यवर्ती क्षेत्रका जनतालाई व्यापार व्यवसायका लागि साना उद्योग खोल्नका लागि मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली बाधक बनेको पोखरेल बताउँछन्। ‘विकास निर्माण तथा व्यापार व्यवसायका लागि बाधक बनेको नियमावली संशोधन गरेर जनमुखी बनाउनेतर्फ कुनै उम्मेदवारको प्रतिबद्धता देखिएन’, पोखरेलले भने।

उम्मेदवारहरूले वन्यजन्तु र निकुञ्जको समस्यालाई प्राथमिकतामा नपारेको देख्दा  महतो र पोखरेल जस्तै निकुञ्जको मध्यवर्ती क्षेत्रका अधिकांश बासिन्दालाई आगामी निर्वाचनले छुन सकेको छैन। ‘वर्षौँदेखि भोट दिएर जिताउँदै आइयो। हाम्रो मुख्य समस्या कहिल्यै सम्बोधन भएन’, विनयी त्रिवेणी–६ की कृपा अर्यालले भनिन्।

पूर्वी नवलपरासीका दुवै निर्वाचन क्षेत्रमा विशेष गरेर नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारका बीच प्रतिस्पर्धा हुने देखिए पनि कांग्रेस, एमालेसहित दलका र अन्य स्वतन्त्र उम्मेदवार कसैले पनि वन्यजन्तु र निकुञ्जका कारणबाट भोग्नुपरेको समस्याको विषयलाई महत्वका साथ उठाएको देखिँदैन।  -रासस

प्रकाशित: Nov 13, 2022| 21:30 आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।