शनिबार, कात्तिक २९, २०८२

प्रदेशस्तरिय क्रिकेट छनोटमा नवलपुर ३७ रनले विजयी

प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा पोखरामा जारी खेलअन्तर्गत आइतबारको खेलमा नवलपुर ३७ रनले विजयी भएको हो।
 |  आइतबार, कात्तिक २७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २७, २०७९

National life
Laxmi sunrise bank
kumari

पोखरा- वाईवाई गण्डकी प्रदेश स्तरिय क्रिकट छनोट प्रतियोगितामा नवलपुरले तनहुँलाई पराजित गरेको छ। प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा पोखरामा जारी खेलअन्तर्गत आइतबारको खेलमा नवलपुर ३७ रनले विजयी भएको हो।

टस जितेर पहिला व्याटिङ गरेको नवलपुरले पुरा ५० ओभरको खेल्दै ९ विकेटको क्षतीमा २ सय १२ रनको विशाल योगफल तयार पार्‍यो। खेलमा म्यान अफ द म्याच भएका नवलपुरका दिपक डुम्रेले ११५ बलमा ८५ रनको महत्वपूर्ण पारी खेले। टिमका लागि विज्ञान पाण्डेले ३८ रन जोडे। तनहुँका बलहरु प्रदीप अर्यालले ३ तथा सचिन राज अधिकारी र रिन्जिन लामाले समान २ विकेट लिए।

जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको तनहुँले पुरा ओभरमा ९ विकेट गुमाउँदै १ सय ७६ रन बनायो। तनहुँको तर्फबाट  पासाङ दोर्जे तामाङले सर्वाधिक ४३ रन बनाए। रिन्जिन लामाले ३५ तथा पुस्कल गौडेलले २२ रन जोडे। नवलपुरका बलरहरु सगुन सापकोटा र शिशिर भुषालले समान ३ विकेट लिए। अपराजित पौडेलले १ विकेट लिएका थिए।

प्रकाशित: Nov 13, 2022| 18:39 आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।