सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रमोद खरेललाई २० घण्टा नियन्त्रणमा लियो लेबनान अध्यागमनले

प्रमोद खरेललाई २० घण्टा नियन्त्रणमा लियो लेबनान अध्यागमनले

नक्कली भिसा भएको शंका गरेर अध्यागमनले खरेललाई २० घण्टा नियन्त्रणमा लिएको आयोजक सुबास मल्ले बताएका छन्। उनकाअनुसार खरेलसँगै अर्का गायक बादल थापालाई पनि त्यहाँको अध्यागमनले रोकेको थियो।
 |  आइतबार, कात्तिक २७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २७, २०७९

काठमाडौं- लेबनानस्थित बेरुत विमानस्थलले गायक प्रमोद खरेलको उडान रोकेको छ। शनिबार साइप्रसमा हुने सांगीतिक कार्यक्रमका लागि लेबनान ट्रान्जिट पुगेका खरेलको राहदानीमा लागेको भिसामा त्यहाँको अध्यागमन विभागले शंका गरेको थियो।

National life

नक्कली भिसा भएको शंका गरेर अध्यागमनले खरेललाई २० घण्टा नियन्त्रणमा लिएको आयोजक सुबास मल्ले बताएका छन्। उनकाअनुसार खरेलसँगै अर्का गायक बादल थापालाई पनि त्यहाँको अध्यागमनले रोकेको थियो।

अध्यागमनले शंका गरेर उडान नदिएपछि नेपालस्थित साइप्रस कन्सुलेट र नयाँदिल्लीस्थित साइप्रस दूतावासले मेल गरी भिसा सक्कली भएको प्रमाणित गरेर पठाएको थियो। उक्त मेलपछि खरेललाई अध्यागमनले छाडेको थियो।

कोर्श ओभरसिज प्रालि र एसएम इभेन्ट इन्टरटेनमेन्ट एण्ड ट्राभल सोलुशनले साइप्रसमा गरेको ‘कल्चरल म्युजिक प्रोग्राम इन साइप्रस’ कार्यक्रममा सहभागी हुन खरेल शनिबार काठमाडौं-दोहा-बेरुत-लार्ना ट्रान्जिटमार्फत गएका थिए। कतार एयरवेजको जहाजमा समस्या आएपछि एयरवेजले नै ट्रान्जिट रिसेड्युल गरी खरेलका लागि उक्त ट्रान्जिट मिलाएको थियो। 

अघिल्लो महिना गायक खरेलको भिसामा समस्या देखिएको भन्दै उडान अनुमति रोकिएपछि उक्त कार्यक्रम स्थगित भएको थियो। गायक खरेललाई बेरुत विमानस्थलमा त्यहाँको अध्यागमनले रोकेपछि कार्यक्रम पुन: स्थगित भएको छ।

प्रकाशित: Nov 13, 2022| 18:01 आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।