शुक्रबार, जेठ ४, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • पाकिस्तानलाई हराएर इंग्ल्यान्डले जित्यो टी२० विश्वकपको उपाधि

पाकिस्तानलाई हराएर इंग्ल्यान्डले जित्यो टी२० विश्वकपको उपाधि

अष्ट्रेलियमा भर्खरै सम्पन्न टी२० विश्वकप को उपाधि इंग्ल्यान्डले जितेको छ। मेलबर्न क्रिकेट मैदानमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्डले उपाधि जितेको हो।
 |  आइतबार, कात्तिक २७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २७, २०७९

काठमाडौं– अष्ट्रेलियमा भर्खरै सम्पन्न टी २० विश्वकपको उपाधि इंग्ल्यान्डले जितेको छ। मेलबर्न क्रिकेट मैदानमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्डले उपाधि जितेको हो।

triton college

फाइनलमा इंग्ल्यान्डले कसिलो बलिङ गरेपछि पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३६ रन बनाएपछि इंग्ल्यान्डले १३७ रनको लक्ष्य पाएको थियो।

८० हजार ४६२ दर्शकमाझ भएको फाइनल खेलको जवाफमा औषत सुरुआत गरेको इंग्ल्यान्डले एक ओभर बाँकी रहँदै पाँच विकेट गुमाएर निर्धारित लक्ष्य पूरा गरेको हो।

इंग्ल्यान्डका लागि बेन स्टोक्सले ५२ रनको अर्धशतकीय पारी खेले। चौथो ब्याटरका रुपमा मैदान छिरेका उनले उत्कृष्ट फिनिसिङ गर्दै इंग्ल्यान्डलाई जिताएका हुन्।

१२ ओभरपछि स्टोक्सलाई साथ दिएका मोइन अलीले पनि १९ रन बनाएका थिए। इंग्ल्यान्डका एलेक्स हेल्स एक रनमै आउट भएका थिए। सेमिफाइनलमा जस बटलरसँग कीर्तिमानी साझेदारी गरेका हेल्स एक रनमै आउट भएका थिए। शहिन शाह अफ्रिदीको बलमा उनी आउट भएका हुन्।

corrent noodles
Metro Mart

त्यस्तै इंग्ल्यान्डको दोस्रो विकेटका रुपमा फिल सल्ट आउट भए। उनलाई हरिश रौफले इफतिखर अहमदबाट क्याचआउट गराएका थिए। सल्टले ९ बलमा १० रन बनाए भने रौफले खेलमा दुई विकेट लिए।

इंग्ल्यान्डका लागि निकै उत्कृष्ट प्रदर्शन गर्दै आएका बटलर तेस्रो विकेटका रुपमा पाँच ओभर तीन बलमा आउट भए। हरिश रौफले मोहम्मद रिजवनको हातबाट क्याचआउट गराउँदासम्म बटलरले १७ बलमा २६ रन बनाएका थिए।

२३ बलमा २० रन बनाएका ह्यारी ब्रुक १३ औं ओभरमा पेबेलियन फर्किएका थिए।

पाकिस्तानका शहिन शाह अफ्रिदी, शदाब खान र मोहम्मद वासीनले पनि समान १–१ विकेट लिए। पाकिस्तानी ब्याटर इफतिकर अहमद शून्य रनमै आउट हुँदा पाकिस्तानले १३ ‌औं ओभरमा ८५ रनमात्र बनाएको थियो। इफतिखर चौथो विकेटका रुपमा आउट भएका थिए। उनलाई बेन स्टोक्सले जस बटलरको हातबाट क्याचआउट गराए।

त्यसअघि नै कप्तान बाबर अजाम आउट भइसकेका थिए। पाकिस्तानको तेस्रो विकेट लिने क्रममा इंग्ल्यान्डका बलर आदिल रशिदले अजामलाई कट एन्ड बोल्ड आउट गराएका थिए। अजामले २८ बलमा दुई चौकासहित ३२ रन बनाए।

चार विकेट लिएपछि पनि इंग्ल्यान्डले उस्तै बलिङ कायम राख्न सक्यो। उसका बलर स्टोक्स, साम कुरन र रशिदले पाकिस्तानी बलरलाई खुलेर खेल्न दिएनन्।

यद्यप िसान मसुदले खेललाई आफ्नो पक्षमा पार्ने प्रयास गरेका थिए। तर १७ औं ओभरको तेस्रो बलमा ३८ रन बनाएका मसुद आउट भएपछि पाकिस्तानले ठूलो लक्ष्य दिन नसक्ने अवस्था पैदा भइसकेको थियो।

फेरि पाकिस्तानले १८ औं ओभरको दोस्रो बलमा छैटौं विकेट गुमायो, जहाँ २० रन बनाएका शदाब खान आउट भए। उनी चाहिँ क्रिस जोर्डनको पहिलो शिकार बने।

खेलमा इंग्ल्यान्डका बलर आदिल रशिदको बलबाट पाकिस्तानी खेलाडी मोहम्मद ह्यारिस दोस्रो विकेटका रुपमा पेबेलियन फर्किएका थिए। बेन स्टोक्सबाट क्याचआउट भएका ह्यारिसले १२ बलमा ८ रन बनाएका थिए। 

पाकिस्तानको पहिलो विकेट पाँचौं ओभरको दोस्रो बलमा पतन भएको थियो। १५ रन बनाएका ओपनर मोहम्मद रिजवन इंग्ल्यान्डका बलर साम कुरनको बलबाट आउट भएका  थिए।

खेलमा इंग्ल्यान्डका कुरनले तीन विकेट लिएका छन्। त्यस्तै आदिल रशिद र क्रिस जोर्डनले समान दुई दुई विकेट गिराएका थिए भने बेन स्टोक्सले एक विकेट लिए। सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई हराएको थियो भने इंग्ल्यान्डले भारतलाई १० विकेटले हराएको थियो।

प्रकाशित: Nov 13, 2022| 17:27 आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।