सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दार्चुलामा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप

दार्चुलामा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप

दार्चुलाको नौगाड गाउँपालिकामा आइतबार दिउँसो झडप भएको हो।
 |  आइतबार, कात्तिक २७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २७, २०७९

National life

दार्चुला- दार्चुलामा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। दार्चुलाको नौगाड गाउँपालिकामा आइतबार दिउँसो झडप भएको हो। झडपमा परी गठबन्धनका जयभान सिंह धामी सख्त घाइते भएको दार्चुला प्रहरीले बताएको छ।

आइतबार नौगाड गाउँपालिकामा धामीमाथि एमालेका कार्यकर्ताबाट सामूहिक आक्रमण भएको बताइएको छ। सामूहिक आक्रमणमा परेका धामीको अझै होस नआएको प्रहरीले बताएको छ।

जिल्लामा उपचार हुन नसकेपछि धामीलाई धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ। आक्रमणमा परेका धामी नेकपा (माओवादी केन्द्र) दार्चुला-काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष हुन्। 

प्रकाशित: Nov 13, 2022| 17:24 आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।