स्पेन- स्पेनिस क्लब रियल मड्रिड युरोपियन क्लब एसोशियसन (इसीए) २०१८ बर्षको उत्कृष्ट युरोपियली क्लब घोषणा गरिएको छ।
उक्त अवार्ड रियललाई इसीएको महासभाका दौरान प्रदान गरिएको थियो। रियलले पछिल्लो वर्ष युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो। त्यस्तै आर्सनल र चेल्सी फुटबल क्लबले महिला फुटबल क्लब उपाधि पाएको छ।
१३ पटकको युइएफए च्याम्पियन्स लिग विजेता रियलले युइएफए कपको उपाधि दुई पटक जितेको थियो भने चार पटक युईएफए सुपर कपको उपाधि जितेको छ। विश्वव्यापी प्रितियोगिता मध्येमा अन्तराष्ट्रिय कपको उपाधि तीन पटक जित्दा तीन पटकनै फिफा क्लब विश्व कपको उपाधि जितेका छ।
घरेलु प्रतियोगिता मध्येमा ३३ पटकको ला लिगा विजेता रियलले १९ पटक कोपा डेल रे को उपाधि जितेको छ। त्यस्तै १० पटक सुपरकोपा डे स्पानिया तथा एक-एक पटक कोपा इभा डुआर्टे र कोपा डे ला लिगाको उपाधि जिति सको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४