काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले यातायात प्राधिकरणको स्थापना भएपछि काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटना न्यूनीकरण हुँदै जाने बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सार्वजनिक यातायातमा हुने जामका कारण मोटरसाइकललगायत दुईपाङ्ग्रे सवारीसाधनको चाप बढेको उल्लेख गर्दै त्यसको व्यवस्थापनका लागि पनि सम्बन्धित पक्षहरूबीच बिस्तारै सहकार्य गर्दै लैजानुपर्नेमा जोड दिइएको बताए।
‘हालै हाम्रो संसदबाट काठमाडौं उपत्यकाका लागि एउटा यातायात प्राधिकरणको बिल पास भएको छ। जसअन्तर्गत सबैखाले भेइकल्स एउटै छातामा आएर काम गर्नेछन्, जसले गर्दा कम्पिटिसन रहँदैन। सबैले बराबर सेयर पाउने भएपछि कम्पिटिसन हट्छ। रिङरोडमा दुई सयवटा गाडी भए पुग्ने रहेछ।’