शुक्रबार, साउन १, २०८३

आमाको काखबाट चोरीएकी बालिका धान बारीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- कञ्चनपुरको पुनर्वास नगरपालिकामा-८ मा आमाको काखबाट चोरीएकी नौ महिने एक बालिका धान बारीमा फेला परेकी छिन्।

पुनर्वास नगरपालिका-८ को एक गाउँमा गएराती आमाको काखबाटै बालिका चोरी भएको प्रहरीले जनाएको छ। तीजका लागि माइत गएकी सोही नगरपालिका-९ की बेलुदेवी विष्टकी छोरी सरु बिष्टलाई राति एक बजे आमाकै काखबाट चोरी गरिएको प्रहरीले जनाएको छ।
 
प्रहरी र स्थानीयको रातभरको खोजीबाट बालिका बिहान पौने सात बजेतिर घर भन्दा करिव एक किलोमिटर टाढा धान बारीमा सकुशल भेटिएको इलाका प्रहरी कार्यालय पुर्नवासका प्रमुख, प्रहरी निरीक्षक कर्ण चन्दले जानकारी दिए। 

चन्दका अनुसार नचिनेको महिलाले बालिका चोरेर लगेको बालिकाको आमाले बताइन्। छोरी चोरी भयो भनेर कराउँदै आमालाई उठाउँदासम्म महिला भागिसकेको उनले जानकारी दिईन्। प्रहरीले कसले चोरी गरेको भन्ने बारेमा पत्तानलागेको र घट्ना बारे अनुसन्धान भइरहेको जानकारी दिएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।