शुक्रबार, जेठ ४, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकप फाइनलः पाकिस्तानको कमजोर ब्याटिङपछि इंग्ल्यान्डले पायो मध्यम लक्ष्य

विश्वकप फाइनलः पाकिस्तानको कमजोर ब्याटिङपछि इंग्ल्यान्डले पायो मध्यम लक्ष्य

पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३६ रन बनाएपछि १३७ रनको लक्ष्य दिएको हो।
 |  आइतबार, कात्तिक २७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २७, २०७९

काठमाडौं– टी २० विश्वकप फाइनलमा इंग्ल्यान्डले कसिलो बलिङ गरेपछि पाकिस्तानले १३७ रनको लक्ष्य प्रदान गरेको छ। पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३६ रन बनाएपछि १३७ रनको लक्ष्य दिएको हो।

triton college

पाकिस्तानी ब्याटर इफतिकर अहमद शून्य रनमै आउट हुँदा पाकिस्तानले १३ ‌औं ओभरमा ८५ रनमात्र बनाएको थियो। इफतिखर चौथो विकेटका रुपमा आउट भएका थिए। उनलाई बेन स्टोक्सले जस बटलरको हातबाट क्याचआउट गराए।

त्यसअघि नै कप्तान बाबर अजाम पनि आउट भइसकेका थिए। पाकिस्तानको तेस्रो विकेट लिने क्रममा इंग्ल्यान्डका बलर आदिल रशिदले अजामलाई कट एन्ड बोल्ड आउट गराएका थिए। अजामले २८ बलमा दुई चौकासहित ३२ रन बनाए।

चार विकेट लिएपछि पनि इंग्ल्यान्डले उस्तै बलिङ कायम राख्न सक्यो। उसका बलर स्टोक्स, साम कुरन र रशिदले पाकिस्तानी बलरलाई खुलेर खेल्न दिएनन्।

यद्यपि सान मसुदले खेललाई आफ्नो पक्षमा पार्ने प्रयास गरेका थिए। तर १७ औं ओभरको तेस्रो बलमा ३८ रन बनाएका मसुद आउट भएपछि पाकिस्तानले ठूलो लक्ष्य दिन नसक्ने अवस्था पैदा भइसकेको थियो।

corrent noodles
Metro Mart

फेरि पाकिस्तानले १८ औं ओभरको दोस्रो बलमा छैटौं विकेट गुमायो। जहाँ २० रन बनाएका शदाब खान आउट भए। उनी चाहिँ क्रिस जोर्डनको पहिलो शिकार बने।

खेलमा इंग्ल्यान्डका बलर आदिल रशिदको बलबाट पाकिस्तानी खेलाडी मोहम्मद ह्यारिस दोस्रो विकेटका रुपमा पेबेलियन फर्किएका थिए। बेन स्टोक्सबाट क्याचआउट भएका ह्यारिसले १२ बलमा ८ रन बनाएका थिए। 

पाकिस्तानको पहिलो विकेट पाँचौं ओभरको दोस्रो बलमा पतन भएको थियो। १५ रन बनाएका ओपनर मोहम्मद रिजवन इंग्ल्यान्डका बलर साम कुरनको बलबाट आउट भएका  थिए।

खेलमा इंग्ल्यान्डका कुरनले तीन विकेट लिएका छन्। त्यस्तै आदिल रशिद र क्रिस जोर्डनले समान दुई-दुई विकेट गिराएका थिए भने बेन स्टोक्सले एक विकेट लिए।

सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई हराएको थियो भने इंग्ल्यान्डले भारतलाई १० विकेटले हराएको थियो।

प्रकाशित: Nov 13, 2022| 15:36 आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।