शनिबार, कात्तिक २९, २०८२

टी-२० विश्वकप उपाधिका लागि आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनल खेल आज हुँदैछ।
 |  आइतबार, कात्तिक २७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २७, २०७९

काठमाडौं- अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनल खेल आज हुँदैछ। 

National life

उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्डबीचको खेल नेपाली समयानुसार दिउसो १:४५ बजेबाट सुरु हुनेछ। फाइनल खेल अष्ट्रेलियाको मेलवर्न क्रिकेट पिचमा हुनेछ।

दुवै फाइनलिस्ट टिम एक/एक पटकका विजेता हुन्। त्यस्तै  दुवै टोलि एक/एक पटक फाइनलमा पराजित भएका छन्। आज उपाधि जित्ने टिमले सर्वाधिक दुई पटक टी-२० विश्वकपको उपाधि जितेको वेष्टइन्डिजको किर्तिमानलाई बराबरी गर्नेछ। तर, फाइनल हुने स्थान मेलवर्नमा वर्षाको सम्भावना रहेको कारण आजको खेललाई पनि असर गर्ने सम्भावना छ। 

नाटकीय रूपमा प्रतियोगिताको सेमीफाइनल पुगेको पाकिस्तान पहिलो खेलमै भारतसँग ४ विकेटले पराजित भएको थियो। त्यसपछि जिम्बावेसँग पनि एक रनले पराजित भएको पाकिस्तानले त्यसपछि मात्रै प्रतियोगितामा जित निकालेको थियो। 

नेदरल्याण्ड्सलाई ६ विकेट,दक्षिण अफ्रिकालाई ३३ रन र बंगलादेशलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले सेमीफाइनलमा स्थान बनाएको थियो। सेमीफाइनलमा पाकिस्तानले न्युजिल्याण्ड विरुद्ध ७ विकेटको जित निकाल्दै फाइनलमा स्थान बनाएको हो।

Laxmi sunrise bank
kumari

त्यस्तै इङगल्यान्ड भने पहिलो खेलमा अफगानिस्तानविरुद्ध ५ विकेटले विजयी भएर प्रतियोगितामा सुखद सुरुवात गरेको थियो। दोस्रो खेलमा (डीएल प्रणाली) बाट आयरल्याण्डसँग पाँच रनले पराजित हुन पुग्यो। 

तेस्रो खेलमा इङगल्यान्डङ्को वर्षाको कारण अष्ट्रेलियाविरुद्धको खेल रद्ध भएको थियो। चौथो खेलमा न्युजिल्याण्डविरुद्ध २० रन र श्रीलंकाविरुद्ध ४ विकेटले विजयी हुदै इङगल्यान्डले सेमीफाइनलमा स्थान बनाएको थियो। सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी भारतविरुद्ध १० विकेटको शानदार जीत निकाल्दै इङगल्यान्डले फाइनलमा पाकिस्तानसँगको भेट सुनिश्चित गरेको हो।

प्रकाशित: Nov 13, 2022| 11:20 आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।