शुक्रबार, साउन १, २०८३

सर्पले डसेर ज्यान गयो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- कैलालीको गौरीगंगा नगरपालिकामा बाख्रा व्यवसाय गरिरहेका एक जनाको सर्पले डसेर ज्यान गएको छ। 

बाख्राको खोर भित्रै सुतिरहेका बेला बुधबार राति सर्पको टोकाइबाट  गौरीगंगा नगरपालिका वडा नम्बर ६ बस्ने ५५ वर्षीय झंकर साउँदको मृत्यु भएको हो।

  घरभन्दा करीब दुई किलोमीटर टाढा रहेको बाख्रा फर्ममा सुतिरहेको बेला राति ११ बजेको समयमा सर्पले टोकेका साउँदको उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पुर्याउने वित्तिकै मृत्यु भएको सेती अन्चल अस्पतालका ईमरजन्सी ईन्चार्ज कृष्ण वोहराले जानकारी दिए। 

सर्पले टोकेपछि उपचारका लागि मसुरियास्थित नेपाली सेनाको उपचार केन्द्रमा लिइएपनि त्यहाँ उपचार असम्भव भएपछी बिहिवार बिहान सेती अञ्चल अस्पताल ल्याइएको थियो। साउँदको सर्पले हातको दाँयाँ औंलामा डसेको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।