सोमबार, असार ८, २०८३

पुकार बमसहित ६ जनालाई निर्वाचन आयोगले तोक्यो जरिवाना

निर्वाचन आयोगले काठमाडौं-१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमसहित ६ जनालाई जरिवाना तोकेको छ।
 |  आइतबार, कात्तिक २७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २७, २०७९

काठमाडौं- निर्वाचन आयोगले काठमाडौं-१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमसहित ६ जनालाई जरिवाना तोकेको छ। 

National life

आयोगबाट पत्राचार भएको आचारसंहिता उल्लंघन गरेको भन्दै जरिवानासहित उनीहरूलाई कारबाही गरेको आयोगले जनाएको छ। 

कारबाहीमा पर्नेमा काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालसमेत रहेका छन्। रिजालले सामाजिक सञ्जालमा उम्मेदवारलाई भोट दिई जिताउन अनुरोध गरेकाले कारबाही गरेको जनाएको छ। उनलाई ५ हजार जरिवाना तोकेको आयोगको भनाइ छ।

त्यस्तै, पुकार बमले निर्वाचन प्रचार प्रसारको क्रममा आफ्नो नाम अंकित टिसर्ट प्रयोग गरेको भन्दै ५ हजार जरिवाना तोकेको छ। बमले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार दिएका छन्।

यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मतदातालाई फ्री भिसा र टिकटमा युवालाई विदेश पठाइदिने भनी प्रलोभनमा पारी अभिव्यक्ति दिएको आयोगले जनाएको छ।  उक्त घटनाबारे छानबिन गर्न आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई अनुसन्धान गर्नको लागि चिठी लेखी पठाउने बताएको छ।

Shivam cement

मुन्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालय गण्डकी प्रदेश सरकारका प्रमुख सचिव र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवलाई कारबाही गरिएको छ। प्रदेश सरकारबाट करका दर हेरफेर गर्नेगरी भएको निर्णय २४ घण्टाभित्र बदर गरी सोको सानकारी गराउन आयोगले निर्देशन दिएको छ।

आयोगले बाराको पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंह जैसवारलाई वार्षिक  बजेट तथा कार्यक्रम स्वीकर्त भएका बाहेकका अन्य कार्यक्रम गरेको भन्दै २५ हजार जरिवाना तोकेको छ।

राजनीतिक गतिविधिमा संलग्न भएको जनाउँदै आयोगले व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अधिकृत गोकुल वस्तीलाई पाँच हजार जरिवाना तोकेको छ।

स्वास्थ्य सेवा विभाग टेकु र भरतपुर अस्पताललाई आचारसंहिता विपरित कर्मचारीको सरुवा तथा रमाना दिएको र त्रियुगा नगरपालिकामा ह्विल चेयर वितरण गरेको आयोगले  जनाएको छ। यस्तै  राष्ट्रिय माद्यामिक विद्यालय साँफेबगर अछामका प्रधानाध्यापक तिलक कुँवर एमालेको चुनावी प्रचारमा लागेको भन्दै पाँच हजार जरिवाना तोकिएको छ।

जनता आधारभूत विद्यालयका शिक्षक जिवछ यादव चुनावी प्रचारमा लागेको भन्दै आयोगले पाँच हजार जरिवाना तोकेको हो।

प्रकाशित: Nov 13, 2022| 10:56 आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...