शनिबार, कात्तिक २९, २०८२

आर्सनललाई पाँच अंकको अग्रता, लिभरपुलको पनि जित

प्रिमियर लिगमा लिभरपुल र आर्सनले जित निकालेका छन्। प्रिमियर लिगको शनिबार रातिको खेलमा लिभरपुलले साउथह्याम्टनमाथि ३-१ को जित निकालेको हो।
 |  आइतबार, कात्तिक २७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २७, २०७९

काठमाडौं- प्रिमियर लिगमा लिभरपुल र आर्सनले जित निकालेका छन्। प्रिमियर लिगको शनिबार रातिको खेलमा लिभरपुलले साउथह्याम्टनमाथि ३-१ को जित निकालेको हो।

National life

लिभरपुलका लागि रोबर्टो फर्मिनोले पहिलो गाल गरे भने पहिलो हाफमै डार्विन नुनेजे दुई गोल गरे। यता साउथह्याम्टनका चे आडम्सले गोल गरे पनि लिभरपुललाई दबाबमा राख्न सकेन।

पहिलो हाफमै चार गोल भएका थिए। दोस्रो हाफमा गोल नभपछि सोही गोलअन्तरमा लिभरपुलले जित निकालेको हो।

त्यस्तै, अर्को खेलमा लिगलिडर आर्सनले शीर्षस्थानमा पाँच अंकका अग्रता बनाएको छ। उसलाई पछ्याइरहेको म्यानचेस्टर सिटीले गएराति हार बेहोरेपछि सिटीले आर्सनलले पाँच अंकको अग्रता बनाएको हो।

गएराति उल्भ्सको मैदानमा आर्सनललाई जित दिलाउनका लागि मार्टिन ओडेगार्डले दुवै गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरी भए पनि उनले दोस्रो हाफमा दुई गोल गरेर आर्सनललाई जित दिलाएका हुन्।

Laxmi sunrise bank
kumari

यो जितसँगै आर्सनलले ३७ अंक बनाएको छ भने सिटीको ३२ अंक छ। लिभरपुल चाहिँ २२ अंक बनाएर छैटौं स्थानमा रहँदै चौथो स्थानका लागि संघर्ष गरिरहेको छ। प्रिमियर लिगअन्तर्गत गएरातिकै खेलमा म्यानचेस्टर सिटी र चेल्सीले शनिबार राति हार बेहोरेका थिए।

प्रकाशित: Nov 13, 2022| 08:05 आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।