मंगलबार, फागुन १९, २०८२

प्रिमियर लिगमा चेल्सी र सिटी पराजित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र चेल्सीले शनिबार राति हार बेहोरेका छन्।
 |  आइतबार, कात्तिक २७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २७, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र चेल्सीले शनिबार राति हार बेहोरेका छन्। सिटीकै इतिहाद रंगशालामा सम्पन्न भएको खेलमा पाहुना टिम ब्रेन्टफर्डले घरेलु टिम सिटीलाई २-१ ले हराएको हो।

ब्रेन्टफर्डका लागि इभान टोनीले खेलको १६औं मिनेटमा अग्रता बनाएका थिए। तर पहिलो हाफको स्टपेज समयमा सिटीका फिल फोडेनले बराबरी गोल फर्काएका थिए। यता, टोनीले दोस्रो हाफको इन्ज्युरी समयमा गोल फर्काएपछि सिटीले लिगमा दोस्रो हार बेहोरको हो।

खेल अवधिभर २९ प्रटक गोलका लागि प्रहार गरे पनि एकबाहेक सिटीका सबै प्रयास बेकार गएका थिए। यो जितपछि ब्रेन्टफर्ड भने १९ अंक बनाएर १० औं स्थामा उक्लिएको छ।

यता न्युकासलको मैदानमा चेल्सीले भने हार बेहोरेको छ। पहिलो हाफ गोलरहित बराबरी भएपछि दोस्रो हाफमा जोय विल्लकले गोल गरेपछि चेल्सीविरुद्ध  न्युकासलले १-० को जित निकालेको हो।

यो जितसँगै तेस्रो स्थानको न्युकासलको ३० अंक छ। ऊ  शीर्षस्थानको आर्सनलभन्दा सात अंकले पछि छ। दोस्रो स्थानको सिटीको ३२ अंक हुँदा २१ अंकका साथ चेल्सी आठौं स्थानमा छ।

kumari

प्रकाशित: Nov 13, 2022| 07:51 आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।