सोमबार, असार ८, २०८३

प्रतिगमनको खतरा रहेसम्म गठबन्धन : अध्यक्ष दाहाल

लोकतान्त्रिक-वाम गठबन्धन चितवनले आज यहाँ आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले प्रतिगमनका विरुद्धका लागि गठबन्धन बनेको स्पष्ट पारे।
 |  शनिबार, कात्तिक २६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २६, २०७९

चितवन- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  देशमा प्रतिगमनको खतरा कायम रहेसम्म गठबन्धन रहने बताएका छन्। लोकतान्त्रिक-वाम गठबन्धन चितवनले आज यहाँ आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले प्रतिगमनका विरुद्धका लागि गठबन्धन बनेको स्पष्ट पारे। 

National life

अध्यक्ष दाहालले संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धन बनेको उल्लेख गर्दै भने, ‘निकै दुःख गरी गठबन्धन बनाइएकाले प्रतिगमनको खतरा नटरेसम्म कायमै रहन्छ।’ प्रतिगमनको खतरा कम हुँदै गएको भन्दै उनले थपे, ‘जतिबेलासम्म राजनीतिक दुर्घटनाको खतरा रहिराख्छ, प्रतिगमनको खतरा रहिराख्छ त्यतिबेलासम्म गठबन्धन कायम रहन्छ।’ 

निर्वाचनमा एकताको प्रदर्शन गरेर गठबन्धनका उम्मेदवारलाई विजय गराएपछि राजनीतिक दुर्घटना गराउन खोज्ने शक्ति पराजित भएर जाने उनले बताए। आगामी निर्वाचनलाई जनमत सङ्ग्रहको संज्ञा दिँदै उनले भने, ‘यो निर्वाचन अग्रगमन र प्रतिगमन के रोज्ने भनेर आफ्नो मत जाहेर गर्ने समय हो।’

गठबन्धनको बहुमत सुनिश्चित रहेको भन्दै उनले अत्यधिक बहुमत ल्याउने दाबी गरे। उनले भने ‘हामीले सरकार गठन गर्नका लागि मात्र गठबन्धन बनाएका होइनौँ। यो देशमा स्थिरता र विकासका लागि हो।’ राजनीतिक दुर्घटनाबाट देश बचाउन गठबन्धन बनेको जनाउँदै उनले गठबन्धनलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

संविधानमा हस्ताक्षर गरेका दलहरूबाट नै संविधानमाथि प्रहार गर्ने काम भएको उनको भनाइ छ। चितवनवासीले विसं २०७४ मा विजयी बनाएर विकासको मोडल दिने अवसर दिएको उनले बताए। उनले भने, ‘चितवनमा धेरै परियोजना ल्याएर धेरै काम भएका छन्। सडक सञ्जाल, शिक्षा, रोजगारी सबै प्राप्त भएका छन्।’ अबको आफ्नो जीवन विकास र आर्थिक समृद्धिका लागि संकल्प गरेको भन्दै उनले कसैको डर, धम्कीमा नलागी गठबन्धनलाई विजयी गराउन आग्रह गरे। 

Shivam cement

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष केशवलाल श्रेष्ठले शान्ति र समृद्धिका लागि गठबन्धनको पक्षमा लाग्न आग्रह गरे। उनले एकअर्काका बीचमा इमान्दारिता प्रस्तुत गर्नुपर्ने बताए। राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले स्थायी सरकार र देशको समृद्धिका लागि गठबन्धन बनेको र यसलाई जिताउनुपर्ने बताए।  

नेपाली काङ्ग्रेसका सहमहामन्त्री डिला सङ्ग्रौलाले महिला हिंसाका विभेदकारी कानून परिमार्जन गर्ने अठोट व्यक्त गरे। काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल, एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्ण खनाल, लोकतान्त्रिक-वाम गठनबन्धनबाट चितवन क्षेत्र नं १ का उम्मेदवार डा विश्वनाथ पौडेल, क्षेत्र नं २ का उम्मेदवार उमेश श्रेष्ठ र ३ का उम्मेदवार डा भोजराज अधिकारीले गठबन्धनका उम्मेदवार विजयी भएसँगै मुलुकमा शान्ति र समृद्धि कायम हुने बताए।

प्रकाशित: Nov 12, 2022| 19:05 शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...