शुक्रबार, जेठ ४, २०८१

इरानी अभियन्ताले आमरण अनसनलाई थप कडा बनाउने

उनी गत केही हप्तादेखि भोक हडतालमा रहँदै आएका छन्। उनको अवस्था ‘गम्भीर’ रहेको बताइएको छ।
 |  आइतबार, कात्तिक २७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २७, २०७९

काठमाडौं- अभिव्यक्ति स्वतन्त्रताका लागि जेलमा रहेका इरानी अभियन्ता होसेइन रोनघीले आमरण अनसनलाई थप कडा बनाउने बताएका छन्। उनी गत केही हप्तादेखि भोक हडतालमा रहँदै आएका छन्। उनको अवस्था ‘गम्भीर’ रहेको बताइएको छ।

triton college

चिकित्सकीय बिदाका लागि निवेदन दिएपनि अस्वीकृत भएपछि उनले गएरातिदेखि पानी पिउनसमेत अस्वीकार गरेको उनका भाइले शनिबार बताए। महसा अमिनीको इरानी हिरासतमा मृत्यु भएको विरोधमा गत सेप्टेम्बरयता जारी प्रदर्शनमाथि रक्तपातपूर्ण दमनको विरोधमा आवाज उठाएको केही दिनपछि ३७ वर्षीय रोनघीलाई पक्राउ गरिएको थियो।

‘होसेइनले जेलबाट फोन गरी दिएको जानकारीअनुसार उनलाई धेरै पटक दुर्व्यवहार गरिएको छ।’ उनका भाइ हसनले ट्वीटरमा लेखेका छन्, ‘आज होसेइनको रक्तचाप (ब्लड प्रेसर) निकै कम भयो र उनी बेहोस भए।’

होसेइनका भाइले भने, ‘रोनाघीको अवस्था गम्भीर छ र पनि उनलाई मेडिकल छुट्टी दिन अस्वीकार गरिएको छ। होसेइनले आज रातिदेखि पानी पिउन पनि अस्वीकार गर्न थालेको बताएका छन्।’

रोनाघीले गत सेप्टेम्बर २२ मा लण्डनस्थित इरान इन्टरनेसनल टेलिभिजनलाई दिएको अन्तर्वार्तामा सुरक्षा अधिकारीहरू उनको घरमा आएको बताएका थिए। टेलिभिजन च्यानलद्वारा प्रकाशित एक भिडियोमा निकै कमजोर देखिए पनि  रोनाघीले अन्तर्वार्तालाई जारी राख्न आग्रह गरिरहेका देखाइएको छ।

corrent noodles
Metro Mart

द वासिङ्टन पोस्टमा काम गर्ने ती सञ्चार अभियन्ताले अज्ञात स्थानबाट भिडियो सन्देश जारी गरेका थिए। तर सेप्टेम्बर २४ मा तेहरानको इभिन जेलमा अभियोजनकर्तालाई भेट्न गएका बेला सुरक्षा अधिकारीहरूले उनलाई हिरासतमा लिएको र कुटपिट गरेको उनका भाइले जनाएका छन्।

‘होसेइनलाई जे भएपनि न्यायपालिका, गुप्तचर मन्त्रालय, जेल सङ्गठन, अभियोजक र इरानी नेताको कार्यालय जिम्मेवार हुनेछ,’ उनका भाइले ट्वीटरमा लेखेका छन्।

इस्लामिक गणतन्त्र इरानमा महिलाका लागि लागू कठोर ड्रेस कोड उल्लङ्घन गरेको आरोपमा पक्राउ परेकी अमिनीको सेप्टेम्बर १६ मा हिरासतमा मृत्यु भएको थियो। ओस्लोस्थित मानवअधिकारवादी समूह इरान ह्युमन राइट्सले त्यसयता इरानभर भएको प्रदर्शनमा कम्तीमा ३०४ जनाको मृत्यु भएको जनाएको छ।

हिरासतमा रहेकाहरूको बचाउ गर्ने कार्यमा संलग्न एक दर्जनभन्दा बढी वकिलहरूसहित इरानभर हजारौं मानिसहरूलाई प्रदर्शनमा सहभागी भएको आरोपमा गिरफ्तार गरिएको छ।   -एएफपी

प्रकाशित: Nov 13, 2022| 03:05 आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।