शनिबार, कात्तिक २९, २०८२

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफलाई

दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच केहीबेर अघि सम्पन्न फाइनल खेलमा एपीएफले साविक विजेता आर्मी क्लबलाई चार विकेटले हराउँदै उपाधि चुमेको हो।
 |  शनिबार, कात्तिक २६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २६, २०७९

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ। दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच केहीबेर अघि सम्पन्न फाइनल खेलमा एपीएफले साविक विजेता आर्मी क्लबलाई चार विकेटले हराउँदै उपाधि चुमेको हो। जितसँगै एपीएफले १० लाख पुरस्कार प्राप्त गरेको छ। उपविजेता आर्मीले रु पाँच लाख प्राप्त गर्‍यो। 

National life

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर एपीएफले फिल्डिङ रोजेपछि आर्मी क्लबले ब्याटिङ गर्ने क्रममा निर्धारित ४० ओभरको खेलमा ३० ओभरमा सबै विकेट गुमाएर एक सय ७९ रन बनायो। एक सय ८० रनको विजयी लक्ष्य एपीएफले ३८ दशमलव तीन ओभरमा छ विकेट गुमाएर पूरा गर्‍यो। एपीएफका लागि भुवन कार्कीले ५५ रन बनाए।

उनले ८२ बल खेल्ने क्रममा एक छक्का र चार चौका हाने। यस्तै सुमित महर्जनले ३४ रन बनाए। उनले ४५ बल खेल्ने क्रममा पाँच चौका प्रहार गरे। यस्तै कप्तान शरद भेषवाकरले अविजित १६, प्रदीप ऐरीले २०, सन्दीप जोराले १७ र आशिफ शेखले १४ रनको योगदान दिए। बलिङतर्फ आर्मी क्लबका जितेन्द्र मुखियाले दुई, सोमपाल कामी, विक्रम सोब र सुशन भारीले एक-एक विकेट लिए।

यसअघि एपीएफलाई एक सय ८० रनको लक्ष्य दिने क्रममा आर्मी क्लबका लागि रोहितकुमार पौडेलले ४९ बनाए। यस्तै जितेन्द्र मुखियाले अविजित २४, सुशन भारीले १९, राजेश पुलामीले १८, कुशल मल्लले १६, हरि चौहानले १५, अर्जुन साउदले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाए। बलिङतर्फ आर्मीका अमर रौटेला र मौसम ढकालले तीन/तीन तथा किशोर महतोले दुई विकेट लिए। 

यसअघि आर्मी क्लवले शुक्रबार नेपाल पुलिस क्लबलाई दुई विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो। एपीएफ  क्लबले भने बिहीबार मधेस प्रदेशलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो। प्रधानमन्त्री कप क्रिकेटमा आर्मी पाँचौँ पटक तथा एपीएफ तेस्रो पटक फाइनल खेल्न पुगेको हो। प्रतियोगिता यही कात्तिक १३ गतेदेखि सुरु भएको हो। प्रतियोगितामा सात प्रदेशका साथै तीन विभागीय टोली सहभागी भएका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 12, 2022| 18:32 शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।