सोमबार, वैशाख ७, २०८३

सोमाली सेनाको कारबाहीमा १२ लडाकु मारिए

शुक्रबार मध्य सोमालियाको हिरान क्षेत्रमा सेनाले गरेको प्रत्याक्रमणमा इस्लामिक लडाकु समूह अल–शबाबका १२ जना लडाकु मारिएका हुन्।
 |  आइतबार, कात्तिक २७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २७, २०७९

National life
kumari

मोगादिसु- अफ्रिकी मुलुक सोमालियाको सेनाले मुलुकको मध्य क्षेत्रमा गरेको कारबाहीमा १२ लडाकु मारिएका छन्। शुक्रबार मध्य सोमालियाको हिरान क्षेत्रमा सेनाले गरेको प्रत्याक्रमणमा इस्लामिक लडाकु समूह अल–शबाबका १२ जना लडाकु मारिएका हुन्।

सोमाली रक्षा मन्त्रालयका प्रवक्ता अब्दुल्लाही अली अनोदका अनुसार हिरान क्षेत्रको बुर्दार भन्ने स्थानमा रहेको सैन्य शिविरमा आतङ्ककारीहरूले आक्रमण गर्नेबारे सेनाले पूर्वसूचना प्राप्त गरेको थियो। सोही आक्रमणलाई विफल बनाउन लडाकुविरुद्ध प्रत्याक्रमण गरिएको जनाइएको छ।

बुर्दार क्षेत्रमा आक्रमणको क्रममा घाइते भएका तीन जना सैनिकहरूलाई अस्पतालमा भर्ना गरिएको प्रवक्ता अलीले सोमालियाको राष्ट्रिय समाचार संस्थालाई जानकारी दिएका छन्। हाल त्यस क्षेत्रमा आक्रमणकारीहरूको खोजी गर्नका लागि सेनाले ठूलो अभियान चलाइरहेको छ।   -सिन्ह्वा


प्रकाशित: Nov 13, 2022| 01:05 आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।