सोमबार, असार ८, २०८३

धनुषा-३ मा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

आसन्न निर्वाचनमा पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिल झा र विपक्षी गठबन्धन एमालेबाट नेतृ जुलीकुमारी महतो चुनावी प्रतिस्पर्धामा छन्।
 |  शनिबार, कात्तिक २६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २६, २०७९

धनुषा- आसन्न प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा धनुषा क्षेत्र नं ३ मा मुख्यरूपमा पाँचदलीय गठबन्धन र विपक्षी गठबन्धन नेकपा (एमाले)बीच प्रतिस्पर्धा हुने देखिएको छ। 

National life

धनुषाको यो निर्वाचन क्षेत्रबाट यसअघि लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो निर्वाचित भएका हुन्।

आसन्न निर्वाचनमा पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिल झा र विपक्षी गठबन्धन एमालेबाट नेतृ जुलीकुमारी महतो चुनावी प्रतिस्पर्धामा छन्।

एमाले उम्मेदवार महतो विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी कांग्रेस नेता विमलेन्द्र निधिसँग पराजित भएका थिए भने २०७४ मा समानुपातिक सांसद भएका थिए। 

२०७४ का दुई बलिया प्रतिस्पर्धी लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो र कांग्रेस नेता निधि यसपटक यो क्षेत्रको प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा छैनन्। 

Shivam cement

२०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट महतोले कांग्रेस नेता निधिलाई पराजित गरेका थिए। निधि यसपटक समानुपातिक रोजेका छन् भने महतो गृहजिल्ला सर्लाही–२ बाट उम्मेदवार बनेका छन्।

यस्तै सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका झा २०७४ को निर्वाचनमा रौतहट–१ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो। यसपटक पाँचदलीय भागबण्डामा रौतहट–१ मा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल उम्मेदवार बनेपछि झाले धनुषा–३ मा उम्मेदवारी दिएका हुन्।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्दा सत्ता गठबन्धनको अवस्था बलियो देखिएको छ। धनुषा क्षेत्र नं ३ मा जनकपुरधाम उपमहानगरपालिकाका १७ सहित जम्मा ३८ वटा वडा पर्छन्। जनकपुरधामबाहेक नगराइन नगरपालिकाको सबै नौवटा वडा, मुखियापट्टि मुसहरनिया गाउँपालिकाको सबै छवटा वडा, धनौजी गाउँपालिकाको सबै पाँचवटा वडा र विदेह नगरपालिकाको एउटा वडा यस निर्वाचन क्षेत्रमा पर्छ।

क्षेत्रभित्रको ३८ मध्ये आधा अर्थात् १९ वटा वडा एक्लै नेपाली कांग्रेसले जितेको छ। दोस्रो स्थानमा एमालेले ११, जसपाले चार, लोसपाले तीन र एकीकृत समाजवादीले एक वडामा जित निकालेको छ। स्थानीय चुनावमा ३८ वटा वडाको वडाध्यक्षले पाएको मतअनुसार कांग्रेसको २२ हजार चार सय २९ मत छ। दोस्रोमा एमालेको १६ हजार १६ मत छ। जसपाले आठ हजार दुई सय २४ र लोसपाले एक हजार एक सय ६३ मत प्राप्त गरेको छ।

त्यस्तै एकीकृत समाजवादीले तीन हजार सात सय १३ र सबैभन्दा कम नेकपा (माओवादी केन्द्र)ले छ सय ५६ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्याङ्कमा छ। एमालेका तर्फबाट उम्मेदवार बन्नुभएकी महतोले यस क्षेत्रको विकास, समृद्धि र सुशासन नै आफ्नो प्राथमिकता रहेको बताए। उनले जनताले विश्वास गरेको पार्टी र आफू जनताले विश्वास गरेको उम्मेदवार भएको दाबी गरे।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका झाले आफूहरूको मुख्य मुद्दा सङ्घीयतालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे। 

उनले जनकपुरधामलाई मधेस प्रदेशको राजधानी बनाउन आफ्नो महत्वपूर्ण योगदान रहेको र राजधानीको योजनाबद्ध विकास नै आफ्नो प्राथमिकता रहेको बताए।   -रासस

प्रकाशित: Nov 12, 2022| 17:42 शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...