सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • कला/साहित्य
  • नेपाल फिल्म क्याम्पस र न्युयोर्क फिल्म एकेडेमीबीच सम्झौता : मास्टर्स अध्ययन गर्न अमेरिकामा छात्रवृत्ति

नेपाल फिल्म क्याम्पस र न्युयोर्क फिल्म एकेडेमीबीच सम्झौता : मास्टर्स अध्ययन गर्न अमेरिकामा छात्रवृत्ति

नेपाली विद्यार्थीले अमेरिका, युरोपमा फिल्मसम्बन्धी अध्ययन गरिरहेका विद्यार्थीसँग सिर्जनात्मक र प्राविधिक ज्ञानार्जन गर्न सहज बनाउने उद्देश्यले सम्झौता भएको हो।
 |  शनिबार, कात्तिक २६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २६, २०७९

काठमाडौं- नेपाल फिल्म क्याम्पस र अमेरिकाको न्युयोर्क फिल्म एकेडेमीबीच फिल्म निर्माण र ज्ञान आदान–प्रदान गर्न विविध बुँदामा सम्झौता भएको छ।

National life

शुक्रबार त्रिभुवन विश्वविद्यालयका रेक्टर शिवप्रसाल भुसालको उपस्थितिमा क्याम्पस प्रमुख शिशिर उप्रेती, एकेडेमीका सभापति माइकल योङ र उपसभापति जिममिलरबीच सम्झौता भएको हो। 

फिल्म कलेजमा अध्ययन गर्ने विद्यार्थीको अन्तर्राष्ट्रिय पहुँच बढाउने  उद्देश्यले अमेरिकाको फिल्म कलेजसँग सम्झौता गरिएको क्याम्पस प्रमुख उप्रेतीले पत्रकार सम्मेलनमा बताए। 

‘सिनेमा स्थानीय उत्पादन र उपभोगको विषय मात्र रहेन। नेपाली विद्यार्थीले पनि अमेरिका र युरोपका विद्यार्थीसँग सिर्जनात्मक र प्राविधिक दुवै हिसाबले प्रतिस्पर्धा गर्न सकून् भन्ने उद्देश्यले यो पहल थालेका हौं,’ क्याम्पस प्रमुख उप्रेतीले भने। 

सम्झौताअनुसार आउँदो वर्षदेखि दुवै क्याम्पसले विद्यार्थी आदानप्रदान गर्नेछन्। विद्यार्थी १ महिना, ३ महिना र ६ महिनासम्मका लागि सिनेमा अध्ययनका लागि आउजाउ गर्न सक्ने कार्यक्रममा जानकारी दिइयो।

Shivam cement

नेपालबाट जाने विद्यार्थी न्युयोर्क एकेडेमी रहेका न्युयोर्क, लस एन्जल्स र सिकागोमा रहेका एकेडेमीमा जानेछन्। अमेरिकाबाट पनि यिनै ठाउँका विद्यार्थी नेपाल आउन सक्नेछन्। 

नेपाल फिल्म क्याम्पसमा ब्याचलर सकेपछि मास्टर्स गर्न जाने विद्यार्थीले न्युयोर्क एकेडेमीमा पूर्णदेखि आंशिक छात्रवृत्तिसम्ममा पढ्न पाउनेछन्। 

विद्यार्थी आदानप्रदानबाहेक नेपाली विद्यार्थीको सीप तथा क्षमता अभिवृद्धिका लागि सिनेमाका विविध विषयमा कार्यशाला तथा मास्टर क्लास चलाइने सम्झौतामा उल्लेख छ। 

यसैगरी नेपाल फिल्म क्याम्पस र न्युयोर्क फिल्म एकेडेमीका ब्याचलर चौथो वर्षका विद्यार्थीको संयुक्त प्रयासमा नेपालका हिमाल, पहाड, तराईमा रहेका कथा उत्खनन गर्ने र तिनलाई दृश्यमा जीवन्त बनाउने ‘कथायात्रा’ आयोजना गरिने कार्यक्रममा जानकारी दिइयो। 

क्याम्पस प्रमुख उप्रेतीले न्युयोर्क फिल्म एकेडेमीले फिल्म निर्माणमा चाहिने उपकरण निःशुल्क दिने वाचा गरेको र भविष्यमा स्नातकोत्तर तहको पाठ्यक्रम निर्माणमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको कार्यक्रममा बताए।

प्रकाशित: Nov 12, 2022| 16:07 शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।