शुक्रबार, साउन ८, २०८३

तनहुँमा मादी नदीले बगाउँदा एक जनाको मृत्यु

मृत्यु हुनेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१० का ६० वर्षीय झिलकबहादुर पौडेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।
 |  शनिबार, कात्तिक २६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २६, २०७९

दमौली- तनहुँको व्यास नगरपालिका-३ शान्तिनगरस्थित मादी नदीमा नुहाउने क्रममा बगेर आज एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१० का ६० वर्षीय झिलकबहादुर पौडेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

दिउँसो साढे १२ बजे पौडेल मादीमा नुहाउने क्रममा बगेका थिए। स्थानीयवासीले उनको उद्धार गरी उपचारका लागि दमौली अस्पताल लगेको प्रहरीले जनाएको छ। उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ। 

प्रकाशित: Nov 12, 2022| 15:17 शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।