सोमबार, वैशाख २८, २०८३

बागलुङमा सरकारले तोकेभन्दा दोब्बर गाडी भाडा असुली

बागलुङदेखि कुस्मीशेरासम्मको सवारीसाधनको सरकारी भाडादर २१० तोकिए पनि यातायात व्यवसायी सर्वसाधारणबाट ४०० रुपैयाँ असुल्दै आएका हुन्।
 |  शनिबार, कात्तिक २६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २६, २०७९

बागलुङ- बागलुङ बजारबाट दक्षिण केन्द्र कुस्मीशेरा बजार पुग्न एक घन्टा लाग्छ। २१ किलोमिटर सडकमध्ये २० किलोमिटर सडक कालोपत्रे भएको छ।

National life

पक्की सडकमा २१ किलोमिटर यात्रा गर्दा भाडा कति लाग्छ? जो–कोहीलाई लाग्न सक्छ, पक्की सडकको भाडा सरकारले तोकेबमोजिम नै हुन्छ। तर यो सडक खण्डमा गुड्ने सवारीसाधनले तोकिएभन्दा दोब्बर भाडा उठाउँछन् ।

केही महिना पहिले यातायात व्यवस्था कार्यालयसँग परामर्श गरेर जैमिनी नगरपालिकाले नगरपालिकाभित्रका सडकको भाडादर कायम गरेर सूचना प्रकाश गर्‍यो। नगरको सूचनाअनुसार बागलुङ बजारबाट कुस्मीशेरा बजारसम्म यात्रा गर्दा २१० मात्र भाडा लाग्नुपर्ने हो। अधिकांश निजी सवारीसाधन गुड्ने यो रुटमा यात्रुले एकतर्फी ४०० भाडा तिर्दै आएका छन्। यो त एउटा उदाहरण मात्रै हो।

सार्वजनिक सवारीसाधन एकाध मात्रै चल्ने र निजी बोलेरो (जीप) धेरै चल्ने बागलुङका अधिकांश ग्रामीण सडकमा तोकिएभन्दा बढी भाडा लिने गरिएको छ। बागलुङका १० वटै स्थानीय तहका यात्रुले तोकिएभन्दा धेरै भाडा तिर्नुपरेको छ।

सार्वजनिक सवारीसाधनको पहुँच नभएकाले निजी सवारीसाधनलाई निरुत्साहित गर्दा अप्ठेरो पर्ने यात्रुहरू नै बताउँछन्। यात्रुले महँगो भाडा तिरेका मात्रै छैनन्, उनीहरूको यात्रा जोखिमपूर्णसमेत छ।

अधिकांश निजी सवारीसाधनले यात्रु बोक्ने गरेकाले दुर्घटना बिमा, उपचार सुविधालगायत सुविधा यात्रुले नपाउने यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिंह थापाले बताए। कार्यालयले पछिल्लो समय अनुगमन गर्ने र निजी सवारीसाधनलाई यात्रु नबोक्न आग्रह गर्ने गरेको छ। ‘हामीले अनुगमन गर्दा यात्रु बोकेको भेटेपछि कि त सार्वजनिक यातायात बनाउने वा यात्रु नबोक्ने गर्न अनुरोध गरेका छौं,’ थापाले भने, ‘रातो प्लेट बनाउने र भाडा लिएर यात्रु बोक्नेहरू धेरै छन्।’

थापाका अनुसार  जिल्लाभर चल्ने ३५० बढी पिकअप भ्यानमध्ये अधिकांश रातो प्लेट भएका छन्। ‘निजी सवारीसाधनले न तोकिएको भाडा लिन्छन्, न त हामीलाई अनुगमन गर्न सम्भव हुन्छ,’ थापाले भने, ‘व्यक्ति–व्यक्ति पुगेर अनुगमन गर्न सकिँदैन। त्यसैले सरकारले तोकेको मापदण्डमा चल्नुस् भनेका छौं।’ निजी प्रयोजनका लागि दर्ता गरेका सवारीसाधनलाई भाडाका यात्रु बोक्न निरुत्साहित गरिने उनले बताए।

कार्यालयले जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्च, ट्राफिक प्रहरीसँगको सहकार्यमा अनुगमन र सचेतना थालेको छ। पहिलो चरणमा नियम विपरीत यात्रु बोकेका २७ वटा पिकअप भ्यानका कागजात कार्यालयले लिएको छ। ‘रातो प्लेटमा भन्दा कालो प्लेटलाई राजस्व पनि कम लाग्छ, सरकारको आँखा पनि पुग्छ। यात्रुको जीवनसँग खेलबाड गरेर किन निजी गाडीले यात्रु बोक्कु?’ कार्यालय प्रमुख थापाले भने, ‘तत्कालै कम्पनीमा दर्ता भएर सार्वजनिक यातायातका रूपमा नआए वा रातो प्लेटमै यात्रु बोके कारबाही गर्छौं।’

निजी सवारीसाधनलाई यात्रु बोक्न रोक लगाउन र ट्राफिक नियमको पूर्ण पालनाबाट सवारी दुर्घटना न्यूनीकरण गराउन जिल्लाका ट्राफिक प्रहरी पनि सक्रिय छन्।–रासस

प्रकाशित: Nov 12, 2022| 14:46 शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।