सोमबार, वैशाख २८, २०८३

सर्लाहीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

सर्लाहीको ईश्वरपुरमा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ।
 |  शनिबार, कात्तिक २६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २६, २०७९

सर्लाही- सर्लाहीको ईश्वरपुरमा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ। गएराति ईश्वरपुर नगरपालिका-९, खोरिया टोलमा नम्बर नखुलेको मोटरसाइकल दुर्घटनामा परेको हो।

National life

दुर्घटनामा परेर सोही मोटरसाइकलका चालक चन्द्रनगर गाउँपालिका-६, का विजय मुखियाको ज्यान गएको जिल्ल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो। 

दुर्घटनामा परेका मुखियाको मुख, टाउको लगायत शरीरको विभिन्‍न भागमा चोटलागेको थियो। उनलाई स्थानीयले गम्भीर अवस्थामा उद्धार गरी नजिकैको सिद्धिविनायक अस्पताल पुर्‍याएका थिए। अस्पताल पुग्ने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको हो।

बयलवासबाट तीब्र गतिमा चन्द्रनगरको नाढिमैनतर्फ जाँदै गरेको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक जाँचबुझबाट खुलेको प्रहरीको भनाइ छ। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

मृतक युवकको शव प्रहरीले प्रदेशिक अस्पताल मलंगवामा परीक्षणपश्चात आफन्तको जिम्मा लगाएको छ।

प्रकाशित: Nov 12, 2022| 13:29 शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।