सोमबार, असार ८, २०८३

सिराहाका दुई पालिकामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरिएपछि आयोगले सोध्यो स्पष्टीकरण

मतदाता शिक्षा कार्यक्रम सञ्चालन किन नभएको हो, पत्र प्राप्त भएको २४ घन्टाभित्र जानकारी गराउन आयोगले दियो निर्देशन।
 |  शनिबार, कात्तिक २६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २६, २०७९

काठमाडौं– निर्वाचन आयोगले सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत राजीव कुमार झा र सुखीपुर नगरपालिका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत चन्द्रेश्वरप्रसाद यादवलाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरेकामा स्पष्टीकरण मागेको छ।

National life

यसअघि आयोगले आगामी ४ मंसिरमा हुने निर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन केन्द्र, प्रदेश र पालिका प्रशासनलाई आग्रह गरेको थियो।

नेपालको संविधानको धारा २४७ मा यस संविधानबमोजिम निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउनेछ भन्ने व्यवस्था छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा ७ र ८ मा आयोगले निर्वाचनको कामका लागि स्थानीय सरकारको सहयोग लिन सक्ने र सो उपलब्ध गराउनु स्थानीय तहको कर्तव्य हुने भनी उल्लेख  छ। 

आयोग ऐन, २०७३ को दफा ४० को उपदफा (१) मा आयोगले निर्वाचन सञ्चालन गर्ने सम्बन्धमा कुनै निकाय वा पदाधिकारीलाई आवश्यक निर्देशन दिन सक्नेछ भन्ने व्यवस्था छ। उपरोक्त व्यवस्थाबमोजिम मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएको भए उक्त कार्यक्रम यथाशीघ्र सञ्चालन गरी पत्र प्राप्त भएको २४ घन्टाभित्र जानकारी गराउन आयोगले निर्देशन दिएको हो।

प्रकाशित: Nov 12, 2022| 11:17 शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...