सोमबार, वैशाख २८, २०८३

ताप्लेजुङमा अटो दुर्घटना : दुई जनाको मृत्यु

ताप्लेजुङ सदरमुकाम फुङलिङमा शनिबार बिहान अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।
 |  शनिबार, कात्तिक २६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २६, २०७९

ताप्लेजुङ- ताप्लेजुङ सदरमुकाम फुङलिङमा शनिबार बिहान अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। 

National life

पाथीभरा याङ्वरक गाउँपालिका नाङखोल्याङका ७५ वर्षका धनबहादुर गुरुङ र ११ वर्षका उनका नाति इशान गुरुङ रहेको ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी कैलाश राईले बताए।

उनका अनुसार फुङलिङ नगरपालिका-८ बेजम्बुबाट सुकेटार विमानस्थलतर्फ हिंडेको १-००२-००३ ह ३९०० नम्बरको अटो दोखुको नाम्लेपाटी माथि घ्याङ डाँडामा दुर्घटना भएको हो। 

डीएसपी राईका अनुसार गम्भीर घाइते भएका अटो चालक गंगाराम राईलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएको छ। घटनास्थलमा प्रहरी टोली पुगिसकेको र विस्तृत विवरण केहि समयपछि आउने उनले बताए।

प्रकाशित: Nov 12, 2022| 10:04 शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।