सोमबार, वैशाख २८, २०८३

सर्लाहीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

सर्लाहीको ईश्वरपुर नगरपालिकाको छुट्टाछुट्टै स्थानमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ।
 |  शनिबार, कात्तिक २६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २६, २०७९

सर्लाही- सर्लाहीको ईश्वरपुर नगरपालिकाको छुट्टाछुट्टै स्थानमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ।

National life

ईश्वरपुर नगरपालिका-९, खोरिया टोलमा बयलवासबाट नाढीमन तालतर्फ जाँदै गरेको नम्बर खुल्न नसकेको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालक चन्द्रनगर गाउँपालिका-६ का ३५ वर्षीय विजय मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

टाउकोमा चोट लागेर गम्भीर घाइते भएका मुखियालाई उपचारका लागि बयलवासस्थित एक अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ।

यस्तै, ईश्वरपुर नगरपालिका-५, सखुवनीमा ना३८प ९३२७ नम्वरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल पछाडि सवार सोही ठाउँका २५ वर्षीय सदा अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

अन्सारीलाई पनि थप उपचारका लागि वीरगञ्ज पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। मोटरसाइकलका चालक भने प्रहरी नियन्त्रणमा छन्।

प्रकाशित: Nov 12, 2022| 09:37 शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।