शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्मला हत्या- एसपी बिष्ट र डीएसपी सेटीको डीएनए जाँच गरिने

निर्मला हत्या- एसपी बिष्ट र डीएसपी सेटीको डीएनए जाँच गरिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याका बेला कञ्चनपुरका प्रहरी प्रमुख रहेका एसपी डिल्ली बिष्ट र डीएसपी ज्ञानबहादुर सेटीको पनि डीएनए परीक्षण गरिने भएको छ।

त्यस्तो जघन्य अपराधमा गम्भीर अनुसन्धान गर्नुपर्नेमा घटनालाई ढाकछोप तथा निर्दोषलाई फसाउन खोजेको ठहर गर्दै एसपी बिष्टलाई सरकारले निलम्बन गरिसकेको छ। डीएसपी सेटीलाई प्रहरी प्रधान कार्यालयमा तानिसकिएको छ। 

तत्कालीन एसपी बिष्टले निर्मला हत्याका मुख्य आरोपीका रूपमा स्थानीय दिलिप बिष्टलाई सार्वजनिक गरेका थिए। नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालमा भएको आरोपी बिष्टको डीएनए परीक्षण ‘नेगेटिभ’ देखिएको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार घटनाको अनुसन्धान एसपी बिष्ट र डीएसपी सेटीमाथि केन्द्रित गरिँदैछ।

आन्दोलनरत कञ्चनपुरका बासिन्दा तथा मृतक निर्मलाका परिवारले एसपी बिष्ट र डीएसपी सेटीको डीएनए परीक्षण माग गर्दै आएका छन्। हत्याकाण्डको अनुसन्धान त्रुटिपूर्ण देखिएपछि प्रहरी प्रधान कार्यालयले १५ भदौमा एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय आन्तरिक छानविन समिति गठन गरेको थियो। उक्त समितिले घटनाबारे सुक्ष्म अनुसन्धान गरिरहेको छ।

गत ११ साउनमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ स्थित उखुबारीमा बलात्कारपछि हत्या भएको अवस्थामा निर्मलाको शव फेला परेको थियो।

प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षत्रीले घटनामा प्रधान कार्यालयले पनि सुक्ष्म अध्ययन गरिरहेको बताए। ‘दोषी देखिए प्रहरी अधिकारी पनि कानूनको दायरामा आउने छन्,’ उनले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।