शुक्रबार, साउन ८, २०८३

हुस्सुका कारण धनगढी–काठमाडौं उडान प्रभावित

हुस्सुका कारण धनगढी–काठमाडौं उडान प्रभावित भएको छ।
 |  शनिबार, कात्तिक २६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २६, २०७९

धनगढी- हुस्सुका कारण धनगढी–काठमाडौं उडान प्रभावित भएको छ। धनगढी–काठमाडौं र काडमाडौं–धनगढी उडान प्रभावित भएको धनगढी विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले शुक्रबार बिहान र शनिबार बिहान हुस्सुका कारण उडान प्रभावित भएको बताए।

हुस्सुका कारण भिजिबिलिटी नभएकाले उडान प्रभावित भएको उनले बताए। धनगढी विमानस्थलमा कम भिजिबिलिटीमा उडान गर्नका लागि ‘भीओआरडीएई’ उपकरण जडान गरिएको छ। तर उपकरणको परीक्षण नभएकाले प्रयोगमा आएको छैन। ​

ठूला जहाजलाई कम्तीमा एक हजार ६०० मिटरको भिजिबिलिटी आवश्यक पर्ने हुन्छ।

प्रकाशित: Nov 12, 2022| 08:40 शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।