सोमबार, वैशाख २८, २०८३

राष्ट्रपति भण्डारी आज स्वदेश फर्किँदै

आइसल्याण्डको औपचारिक भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी आज (शनिबार) स्वदेश फर्किँदै छिन्।
 |  शनिबार, कात्तिक २६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २६, २०७९

काठमाडौं- आइसल्याण्डको औपचारिक भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी आज (शनिबार) स्वदेश फर्किँदै छिन्।

National life

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन यही कात्तिक २१ गते आइसल्याण्ड गएकी राष्ट्रपति भण्डारी शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको ‘रेक्याभिक ग्लोबल फोरम’ (वुमन लिडर्स) मा उनले विशेष सम्बोधनसमेत गरेकी थिइन्। साथै उनले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’समेत ग्रहण गरेकी थिइन्।

राष्ट्रपति भण्डारी शुक्रबार आइसल्याण्डबाट नर्वेको राजधानी ओस्लो र कतारको राजधानी दोहा हुँदै शनिबार काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।

प्रकाशित: Nov 12, 2022| 08:30 शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।