सोमबार, वैशाख २८, २०८३

रड प्रहार गरी तनहुँमा साथीको हत्या

साथीले रड प्रहार गर्दा तनहुँमा एक व्यक्तिको मृत्यु भएको छ। जिल्लाको शुक्ल गण्डकी नगरपालिका–४ दुलेगौडा बस्ने २४ वर्षीय विराम आलेको मृत्यु भएको हो।
 |  शनिबार, कात्तिक २६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २६, २०७९

तनहुँ- साथीले रड प्रहार गर्दा तनहुँमा एक व्यक्तिको मृत्यु  भएको छ। जिल्लाको शुक्ल गण्डकी नगरपालिका–४ दुलेगौडा बस्ने २४ वर्षीय विराम आलेको मृत्यु भएको हो।

National life

दुलेगौंडा स्थित रिमाल अटो केयरमा काम आलेलाई त्यही काम  गर्ने सर्लाही गौरीशङ्कर नगरपालिका–५ का २५ वर्षीय नवीन कुमार चौधरीले रडले हानेर हत्या गरेको प्रहरीले जनाएको छ। 

शुक्रबार दिउँसो चौधरीले  टाउको लगाएका विभिन्न ठाउँमा रडले प्रहार गर्दा गम्भीर घाइते भएका आले पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए। 

आलेलाई प्रहरीले तत्कालै उद्धार गरी तनहुँ सेवा अस्पताल दुलेगौडामा लगेकोमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको थियो। चौधरीलाई घटना लगत्तै पक्राउ गरिएको प्रनाउ खड्का बताउँछ।

प्रकाशित: Nov 12, 2022| 07:45 शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।