आइतबार, वैशाख २८, २०८२

सामुदायिक विद्यालयको निरीक्षण गर्दै मेयर बालेन्द्र साह

काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने ध्येयका साथ सामुदायिक विद्यालयको निरीक्षण गरेका छन्।
 |  शनिबार, कात्तिक २६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २६, २०७९

vianetvianet

काठमाडौं- काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने ध्येयका साथ सामुदायिक विद्यालयको निरीक्षण गरेका छन्। उनले आज कामपा–१२ स्थित ओन्देमा रहेको सरस्वती निकेतन माध्यमिक विद्यालयको भौतिक पूर्वाधार, प्रशासनिक अवस्था, शैक्षिक तथा अतिरिक्त क्रियाकलापका बारेमा जानकारी लिएका थिए।

triton college

सो अवसरमा प्रमुख साहले बालबालिकाको चौतर्फी एवं सर्वाङ्गीण विकासबाट सामुदायिक विद्यालयको शैक्षिक सुधार गरिने बताए।

“पाठ्यक्रम र पाठ्यपुस्तकसँगै अतिरिक्त क्रियाकलापमा खेलकुद, गायन, सङ्गीत, चित्रकला, प्राविधिक क्षेत्रका इञ्जिनियरिङ, कम्प्युटरलगायत विषयमा ज्ञान र सीप हासिल गर्नुपर्छ”, उनले भने, “यसमा विद्यालयको अवस्था र अभ्यास हेरेर आवश्यकताका आधारमा महानगरले सहयोग उपलब्ध गराउनेछ।” 

प्रमुख साहले खेलकुदका लागि मैदान नभएका विद्यालय नजिक रहेका सार्वजनिकस्थललाई उपयोग गर्ने वा नजिकका विद्यालयलाई संयुक्त बनाउने विषयमा महानगरले नक्साङ्कन गरिरहेको बताए। “यसबाट नीति र स्रोत परिचालन कसरी गर्ने भन्ने तथ्य पत्ता लाग्नेछ। यस्तै शैक्षिक सुधारका आगामी कार्यक्रम निर्धारण गर्न आधार तयार हुनेछ”, उनले भने।

सो क्रममा प्रमुख साहले विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवर्द्धनका लागि आविष्कार क्लब (स्टिम क्लब) का विद्यार्थीले तयार पारेका आविष्कार, कक्षा कोठा, पुस्तकालय तथा प्रयोगशालाको अवलोकन गरेका थिए।

National life insurance

प्रधानाध्यापक रविना महर्जनले विद्यालयको समग्र स्थितिका विषयमा प्रमुख साहलाई जानकारी गराएकी थिइन्। विद्यार्थीहरुले भूकम्प ‘अलार्म’, पानी संरक्षण, घरायसी सुरक्षा प्रणाली, ऊर्जा उत्पादन प्रविधि, केबलकारलगायत प्रविधि प्रदर्शनी गरेका थिए। प्रमुख साह आएर प्रदर्शनीको अवलोकन गरेपछि विद्यार्थीले आफूहरुलाई हौसला मिलेको बताएका थिए।

उक्त विद्यालय तीन आना तीन पैसा जमिनमा रहेको पाँचतले भवनमा छ। भवनका १८ वटा कोठामा कक्षा सञ्चालन छ। विद्यालयमा स्टिम क्लब, किशोरी क्लब, साहित्यिक क्लब, ९डिजास्टर रिस्क रिडक्सन० डिआरआर क्लब, इको क्लब, बाल क्लब छन्। यसैगरी आइसिसिटी ल्याब, इलेक्ट्रोनिक ल्याब, केमेष्ट्री र बायोलोजी ल्याब, पुस्तकालय र इ–लर्निङलगायत कक्ष छन्।

प्रकाशित: Nov 12, 2022| 07:00 शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्