सोमबार, असार ८, २०८३

भारतीय अभिनेता सिद्धान्तको मृत्यु

भारतीय टिभी अभिनेता सिद्धान्त वीर सूर्यवंशीको शुक्रबार मृत्यु भएको छ।
 |  शनिबार, कात्तिक २६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २६, २०७९
National life
Shivam cement

काठमाडौं- भारतीय टिभी अभिनेता सिद्धान्त वीर सूर्यवंशीको शुक्रबार मृत्यु भएको छ।

४६ वर्षीय सिद्धान्तको जिममा वर्कआउट गर्दै गर्दा हृदयघातका कारण मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। उनलाई तुरुन्तै अस्पताल पुर्‍याइए पनि करिब ४५ मिनेट उपचार गरेपछि डाक्टरले मृत घोषणा गरेका थिए।

सिद्धान्तका श्रीमती र दुई छोराछोरी छन्। सानैदेखि फिटनेसका सौखिन सिद्धान्त सामाजिक सञ्जालमा आफ्नो वर्कआउट भिडिओ पोस्ट गरिरहन्थे। उनले कुसुम, कसौटी जिन्दगी की, कृष्ण अर्जुन, आसमान तक क्या दिल मे हे, गृहस्थीजस्ता टेलिशृंखलामा काम गरेका छन्।

प्रकाशित: Nov 12, 2022| 06:48 शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।