सोमबार, असार ८, २०८३

एकै सभामा विश्वप्रकाश शर्मा र कृष्णप्रसाद सिटौलाको सम्बोधन

चन्द्रगढीमा लोकतान्त्रिक वाम गठबन्धन निर्वाचन परिचालन समिति भद्रपुर वडा नम्बर ७, ८, ९ र १० द्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा प्रतिनिधि सभातर्फ १ नम्बर क्षेत्रका उम्मेदवार शर्मा र ३ नम्बर क्षेत्रका उम्मेदवार सिटौलाले सम्बोधन गरेका हुन्।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

झापा- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले शुक्रवार गठबन्धनको चुनावी सभालाई संयुक्त सम्बोधन गरेका छन्।

National life

चन्द्रगढीमा लोकतान्त्रिक वाम गठबन्धन निर्वाचन परिचालन समिति भद्रपुर वडा नम्बर ७, ८, ९ र १० द्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा प्रतिनिधि सभातर्फ १ नम्बर क्षेत्रका उम्मेदवार शर्मा र ३ नम्बर क्षेत्रका उम्मेदवार सिटौलाले सम्बोधन गरेका हुन्। उनीहरू दुवै जनाले गठबन्धन चुनावका लागि मात्र नभएर निर्वाचनपछि पनि निरन्तर रहने बताए।

नेता सिटौलाले मुलुकको आमूल परिवर्तन नेपाली कांग्रेसको नेतृत्वमा मात्र सफल भएको भन्दै ३ नम्बर क्षेत्रबाट जनताका लागि पनि आफूले जित्नैपर्ने बताए।

कांग्रेस महामन्त्री शर्माले देशमा सुशासन कायम गर्दै  भ्रष्टाचार नियन्त्रण गर्न गठबन्धनको जीत आवश्यक रहेको बताए। उनले झापाको १ नम्बर क्षेत्रको शिक्षा, स्वास्थ्य लगायतका विकास निर्माणका लागि आफ्नो जीत सुनिश्चित भएको बताए।

उनले विगतको केपी ओली नेतृत्वमा रहेको सरकारका कारण मुलुकले विभिन्न संघर्ष गरेर ल्याएको संविधान धरापमा पर्ने अवस्थामा गठबन्धनले संविधानलाई जोगाएको बताए।

Shivam cement

कार्यक्रममा प्रतिनिधिसभा समानुपातिक तर्फका उम्मेदवार सरिता प्रसाईं, प्रदेशसभा तर्फका उम्मेदवारहरू श्यामवीर लिम्बू, गोपाल तामाङ, भूमिप्रसाद राजवंशी लगायतले संविधानको संरक्षण र विकासका लागि गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिए।

प्रकाशित: Nov 11, 2022| 19:07 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...