सोमबार, वैशाख ७, २०८३

मेक्सिकोको मधुशालामा बन्दुकधारीद्वारा नौ जनाको हत्या

घटना ग्वानाजुआन्टो राज्यको अपासियो डेल अल्टोस्थित ‘बार’मा बुधवार राति भएको हो।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

ग्वानाजुआन्टो- मध्य मेक्सिकोको एउटा मधुशालामा बन्दुक बोकेर प्रवेश गरेका सात जनाले मदिरामा मस्त नौ जनालाई गोली हानेर मारेका छन्। घटना ग्वानाजुआन्टो राज्यको अपासियो डेल अल्टोस्थित ‘बार’मा बुधवार राति भएको हो। 

National life

मेक्सिको डेली पोस्टका अनुसार हतियारसहित बारमा प्रवेश गरेका ७ जनाले अन्धाधुन्ध गोली चलाउँदा ५ जना पुरूष र ७ जना महिला मारिएका छन्। बारका सञ्चालक पनि आक्रमण मारिएको आशंका गरिएको छ।

एउटा गाडीमा २ जनाको शव भेटिएको थियो। आक्रमणका क्रममा बारबाट भागेका उनीहरूलाई गाडीमा गएर गोली प्रहार गरिएको आशंका सुरक्षाकर्मीले गरेका छन्। आक्रमणकारीको व्यापक खोजी भइरहेको छ। 

बारमा आक्रमण हुनुको कारण खुलेको छैन। पछिल्ला दिनमा ग्वानाजुआन्टोका बारमा गोली प्रहारका घटना बढिरहेका छन्। ग्वानाजुआन्टोमा इन्धन चोरी एवं तस्करी पनि बढेको छ।

गत महिना राज्यको इरापुटो शहरस्थित एउटा बारमा प्रवेश गरेका अज्ञात बन्दुकधारीले १२ जनाको हत्या गरेका थिए। गत सेप्टेम्बरमा तारिमोरो नगरपालिकामा सशस्त्र आक्रमणकारीले गोली हानेर १० जनालाई मारेका थिए।   -एएनआई

kumari

प्रकाशित: Nov 11, 2022| 22:30 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।