मंगलबार, फागुन १९, २०८२

राष्ट्रपति सी जी-२० र एपेक सम्मेलनमा सहभागी हुँदै

थाइल्याण्डमा हुने राष्ट्रपति सी एसिया प्रशान्त–आर्थिक सहयोग सम्मेलन (एपेक) बैठकमा पनि सहभागी हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बताएका छन्।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

बेइजिङ- कात्तिक २९ र ३० गते इन्डोनेसियाको बालीमा हुने विश्वका प्रमुख विकसित र उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी–२० शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ सहभागी हुने भएका छन्। 

थाइल्याण्डमा हुने राष्ट्रपति सी एसिया प्रशान्त–आर्थिक सहयोग सम्मेलन (एपेक) बैठकमा पनि सहभागी हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बताएका छन्।

कोभिड–१९ को महामारी र चिनियाँ कम्युनिस्ट पार्टीबाट महासचिवमा पुनः निर्वाचित भएपछि हुन लागेको भ्रमणले चीन र उदीयमान अर्थतन्त्र भएका देशको सम्बन्धलाई अझ सघन तुल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। 

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों र अन्य नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रवक्ता झाओले बताएका छन्। राष्ट्रपति सीले सत्तारुढ कम्युनिष्ट पार्टीको नेताका रूपमा तेस्रो ५ वर्षको कार्यकाल पाएपछि अमेरिका र अन्य शाक्तिराष्ट्रका नेतासँग व्यापार लगायत क्षेत्रीय एवं अन्तर्राष्ट्रिय चासोका विषयमा सघन छलफल हुने अपेक्षा गरिएको छ।  -एपी

प्रकाशित: Nov 11, 2022| 21:15 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।