मंगलबार, पुस २९, २०८२

नेपालले जित्यो यू १५ महिला साफ च्याम्पियनसिपको उपाधि

बंगलादेशमा भर्खरै सम्पन्न यू १५ महिला साफ च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ। डबल राउन्ड रोबिन शैलीमा भएको प्रतियोगितामा शीर्षस्थानमा रहँदै नेपालले उपाधि जितेको हो।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

काठमाडौं–  बंगलादेशमा भर्खरै सम्पन्न यू १५ महिला साफ च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ। डबल राउन्ड रोबिन शैलीमा भएको प्रतियोगितामा शीर्षस्थानमा रहँदै नेपालले उपाधि जितेको हो।

National life

प्रतियोगितामा विजेता नेपालले १० अंक जोड्यो भने आयोजक बंगलादेशले ७ अंक बनायो। अन्तिम खेलअघि नेपालको ९ र बंगलादेशको ५ अंक रहेको थियो। प्रतियोगितामा उपाधिका लागि नेपाललाई बराबरी पनि ठिक थियो भने बंगलादेशलाई जित आवश्यक थियो।

तर निर्धारित ९० मिनेटमा खेल १–१ को बराबरी भएपछि नेपालले उपाधि जितेको हो। खेलको १४ औं मिनेटमा समीक्षा मगरको शुसिला केसीले २५ यार्ड नजिकबाट गरेको प्रहार पोस्टमा छिरेको थियो। यससँगै नेपालले खेलमा अग्रता बनाएको थियो। दोस्रो हाफमा बंगलादेशकी रुमा अख्तरले ५४ औं मिनेटमा गोल गरेकी थिइन्।

निर्धारित समयको एक मिनेट मात्र बाँकी रहँदा बंगलादेशले पेनाल्टीको अवसर पाएको थियो। तर नेपाली गोलकिपर तामाङले त्यसलाई सहजै बचाएपछि बंगलादेश जित निकाल्नबाट चुक्यो।

प्रकाशित: Nov 11, 2022| 18:09 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।