सोमबार, असार ८, २०८३

निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी पूरा

निर्वाचन आयोगबाट प्राप्त मतपत्र रूजु गर्ने कार्य पूरा भइसकेको, मतपेटिका, स्वस्तिक छाप, स्टाम फाइललगायत सामग्री भाग लगाई तयारी हालतमा राखी सबै प्रकारका व्यवस्थापकीय कार्य सम्पन्न भएको हो।
 |  शनिबार, कात्तिक २६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २६, २०७९

रसुवा- प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचन सम्पन्न गर्न जिल्लामा आवश्यक तयारी पूरा भएको छ। निर्वाचन आयोगबाट प्राप्त मतपत्र रूजु गर्ने कार्य पूरा भइसकेको, मतपेटिका, स्वस्तिक छाप, स्टाम फाइललगायत सामग्री भाग लगाई तयारी हालतमा राखी सबै प्रकारका व्यवस्थापकीय कार्य सम्पन्न भएको हो।

National life

सहायक निर्वाचन अधिकृत (उपसचिव) मुना अधिकारी ढकालका अनुसार निर्वाचनका लागि मतदान अधिकृत तथा सहायक मतदान अधिकृत एवं अन्य सहायक कर्मचारीको नियुक्ति तथा केन्द्र तोक्ने कामसमेत सम्पन्न भइसकेको छ। पारदर्शी नीति अवलम्बन गर्दै मतदान केन्द्रमा जाने सबै कर्मचारीको नामावली मुख्य निर्वाचन अधिकृतको कार्यालयमा टाँससमेत गरिएको छ।

निर्वाचनका लागि ५३ अधिकृतस्तर एवं ५२ कार्यालय सहयोगी र रापअन प्रथम तथा द्वितीय श्रेणीका नायब सुब्बा तथा खरिदारसरहका तीन सय ११ सहायक कर्मचारीसमेत गरी कूल चार सय १६ कर्मचारी परिचालन गरिने सहायक निर्वाचन उनले बताए। खटिएका मतदान अधिकृतलाई तालिम प्रदान गरी मतदान केन्द्रमा पठाइने बताइएको छ।

चौँतीस स्थानका ५२ मतदान केन्द्रबाट जिल्लामा १९ हजार तीन सय ४० महिलासमेत कूल ३९ हजार चार सय ५९ मतदाता, मतदानमा सहभागी हुने जनाइएको छ।  यस्तै अस्थायी मतदातामा भने सात सय ९२ जनाको नामावली तयार भएको छ। तीमध्ये नेपाली सेनाका ७२, सशस्त्र प्रहरी बलका ५७, नेपाल प्रहरीका ३७, निजामतिलगायत विभिन्न सरकारी निकायका छ सय १२ कर्मचारीका साथै कारागारका १४ कैदीबन्दीले मतदान गर्न पाउने जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए।

एक निर्वाचन क्षेत्र र दुई प्रदेश रहेको यस जिल्लामा पाँच गाउँपालिमा छन्। ५२ मतदान केन्द्रमध्ये सबैभन्दा बढी मतदाता रहेको आमाछोदिङ्मो गापाको वडा नं ३ गतलाङस्थित नेपाल राष्ट्रिय मावि मतदान केन्द्रबाट एक हजार ४२ जनाले मतदान गर्ने र सबैभन्दा घटी गोसाइँकुण्ड गाउँपालिका वडा नं २ टिमुरे मतदान केन्द्रमा चार सय ६५ मतदाताले मतदान गर्ने भएका छन्।

Shivam cement

मतपत्रलाई सहीरूपमा सदुपयोग गराउन मतदाता शिक्षा अगाडि बढिरहेको, बिहीबारसम्म तीन स्थानमा नमूना मतदान गराउने कार्य सम्पन्न भइसकेको र मतदान केन्द्रमा  आवश्यक पर्ने सबै प्रकारका सामग्री प्याकिङ गर्ने कामसमेत सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी थापाले जानकारी दिए। यस्तै निर्वाचनका लागि आवश्यक पर्ने यथेष्ट सुरक्षा व्यवस्था मिलाइएको छ भन्दै प्रमुख जिल्ला अधिकारी नवराज जैसीले निर्वाचनमा सुरक्षाका लागि पहिलो पङ्क्तिमा नेपाल प्रहरी, दोस्रो पङ्क्तिमा सशस्त्र प्रहरी र तेस्रो पङ्क्तिमा नेपाली सेना परिचालन हुने भएकाले सुरक्षा व्यवस्थामा कुनै कमी नआउने हुँदा  निर्धक्कसँग मतदान कार्यमा शरिक हुन आम मतदातामा आग्रह गरे।

यसैगरी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा अनुगमनका कार्यसमेत भइरहेको जनाइएको छ। टेलिफोनमार्फत आएका केही सामान्य गुनासालाई छलफलका माध्यमबाट स्थानीयस्तरमै निराकरण गरिसकिएकाले  जिल्लामा आचारसंहिता उल्लङ्घनका समस्या खासै नभएको प्रमुख कोष नियन्त्रक एवं आचारसंहिता जिल्ला अनुगमन संयोजक हेमराज पौडेलले बताए।

अन्य क्षेत्रको तुलनामा रसुवा अत्यन्तै शान्त रहने जिल्ला भएका कारण सबै दलका प्रतिनिधि एवं उम्मेदवार संयमरुपले मतदाताको घरघरमा पुगेर आआफ्नो पक्षमा मत माग्ने काम अगाडि बढिरहेको नागरिक समाजको  प्रतिक्रिया थियो।

प्रकाशित: Nov 12, 2022| 02:05 शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...