मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

युक्रेनलाई ४० करोड डलर उपलब्ध गराउँदै अमेरिका

रुसले युक्रेनी शहर खेरसनबाट आफ्ना सेनालाई फर्कने आदेश दिएको १ दिनपछि अमेरिकी सहायताको घोषणा भएको हो।
 |  शनिबार, कात्तिक २६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २६, २०७९

वासिङटन- संयुक्त राज्य अमेरिकाले युक्रेनलाई ४० करोड अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ। रुसले युक्रेनी शहर खेरसनबाट आफ्ना सेनालाई फर्कने आदेश दिएको १ दिनपछि अमेरिकी सहायताको घोषणा भएको हो। 

triton college

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले सहयता ‘प्याकेज’मा ‘एयर डिफेन्स सिस्टम’का लागि युक्रेनलाई ‘ग्रिनेड लञ्चर’ तोप, गोलाबारूद, साना हतियार सहितका अन्य अत्याधुनिक हातहतियार उपलब्ध गराइने सञ्चारकर्मीहरूलाई बताएका छन्।

अमेरिकाले पनि खेरसन शहरबाट रुसी सैनिक फर्कने संकेत पाएको उनले बताए।  

रुसका रक्षामन्त्री सर्गेई शोइगु र युक्रेनमा खटिएका रुसी सेनाका कमाण्डर जनरल सर्गेई सुरोभिकिनबीच मस्कोमा भएको बैठकपछि मस्कोले सेनालाई खेरसनबाट फर्कन आदेश दिएको हो। उक्त शहरलाई मात्र आफ्नो कब्जामा लिन मस्को सफल भएको थियो। 

यसअघि युरोपेली आयोगले पनि युक्रेनलाई १८ अर्ब युरो बराबरको सहायता प्याकेज प्रस्ताव गरेको थियो। प्याकेजअन्तर्गत किएभले नियमित किस्ताका रूपमा अधिक सहुलियतमा ऋण पनि पाउने छ। झण्डै १० महिनादेखि जारी युक्रेन युद्धबाट किएभका पक्षमा विशाल अन्तर्राष्ट्रि सहायता परिचालन भएको छ। 

Metro Mart
vianet

करीब १० महिनादेखि जारी युक्रेन युद्धमा १ लाखभन्दा बढी रुसी सैनिक मारिएका तथा घाइते भएका  अमेरिकी सेनाका एक जना वरिष्ठ अधिकारीले बिहीवार बताएका थिए। द इकोनोमिक क्लब अफ न्यूयोर्कले आयोजना गरेको एक कार्यक्रममा जनरल मार्क मिलेले युक्रेनी पनि त्यति नै संख्यामा हताहत एवं घाइते भएका बताएका थिए।   -एएनआई


प्रकाशित: Nov 12, 2022| 00:05 शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।