सोमबार, असार ८, २०८३

जुम्लाको सिञ्जामा नमूना मतदान

जुम्लाको सिंजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा नमूना मतदान कार्यक्रम गरिएको कार्यालय प्रमुख महेश शर्माले जानकारी दिए।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

जुम्ला- मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यानमा राखेर जिल्ला निर्वाचन कार्यालयले जिल्लाका २ स्थानीय तहमा नमूना मतदान कार्यक्रम गरेको छ। 

National life

जुम्लाको सिंजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा नमूना मतदान कार्यक्रम गरिएको कार्यालय प्रमुख महेश शर्माले जानकारी दिए।

सिंजामा ३७ जनाले नमूना मतदान गरेकामा ८ मत बदर भएको कनकासुन्दरीमा ४८ जनाले मतदान गरेकामा १२ मत बदर भएको सूचना अधिकारी अविन्नद चौलागाईंले बताए। मतदानमा ८५ जना सहभागी भएका थिए। 

नमूना मतदानमा जम्मा २० मत बदर भएका छन्। दुवै स्थानीय तहको बदर भएका मतपत्र केलाएर हेर्दा छाप लगाएर मतपत्र पट्याउन नजानेको, २ कोठामा छाप लगाएको र २ चिह्नमा छाप लगाएको देखिएको बताइएको छ।

नमूना मतदानले बदर मतको संख्या घटाउनका लागि सहयोग पुग्ने जिल्ला निर्वाचन परिचालन समितिले जनाएको छ। जिल्लाका सबै वडामा मतदाता शिक्षा सञ्चालन भएको र नमूना मतदानबाट पनि मतदानका विषयमा जानकारी दिने लक्ष्य लिइएको कार्यालयका प्रमुख शर्माले जानकारी दिए।

Shivam cement

जिल्लाभर कूल १०६ मतदान केन्द्र, ८३ वटा मतदानस्थल र २ अस्थायी मतदानस्थल कायम गरिएको छ।

जिल्लामा कूल ६८ हजार ६३८ मतदाता छन्। प्रदेशसभा निर्वाचन (१) मा ३६ हजार ७८३ र प्रदेशसभा (२) मा ३१ हजार ८५५ मतदाता रहेका कार्यालयले जनाएको छ। जिल्लामा १ प्रतिनिधिसभा र २ प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ। 


प्रकाशित: Nov 11, 2022| 21:30 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...