शुक्रबार, जेठ ४, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • पीएम कप क्रिकेट: रोमाञ्चक सेमिफाइनलमा आर्मीले पुलिसलाई हरायो, फाइनलमा एपीएफसँग भिड्ने

पीएम कप क्रिकेट: रोमाञ्चक सेमिफाइनलमा आर्मीले पुलिसलाई हरायो, फाइनलमा एपीएफसँग भिड्ने

त्रिवि क्रिकेट मैदानमा शुक्रबार दुई विभागीय आर्मी र पुलिसको क्रिकेट टिम पिएम कपको फाइनल पुग्न प्रतिस्पर्धा गरिरहेका थिए। आर्मीले टस जितेर फिल्ड रोजेपछि पुलिसले पहिले ब्याटिङको अवसर पाएको थियो।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

काठमाडौं– त्रिवि क्रिकेट मैदानमा शुक्रबार दुई विभागीय आर्मी र पुलिसको क्रिकेट टिम पिएम कपको फाइनल पुग्न प्रतिस्पर्धा गरिरहेका थिए। आर्मीले टस जितेर फिल्ड रोजेपछि पुलिसले पहिले ब्याटिङको अवसर पाएको थियो।

triton college

तर पुलिसको ओपनिङ खासै राम्रो भएन। १८ रनमा सुनिल धमलालाई गुमाएको पुलिसले ५६ रनमा अमित श्रेष्ठलाई गुमाइसकेको थियो। त्यसपछि पुलिसको टिमबाट ३१ रन बनाएका कुशल भुर्तेल ६७ रन भएको अवस्थामा आउट भएका थिए। उनीहरुले क्रमशः १३, १० र ३१ रन बनाएका थिए।

तर त्यसपछि पुलिसले कीर्तिमानी प्रदर्शन गर्यो। कप्तान दिपेन्द्र सिंह ऐरीले आरिफ शेखसँग २०४ रनको साझेदारी गरे। उनीहरुले आफ्नो टिमलाई ६७ रनबाट २७१ रनमा पुर्याएका थिए। त्यसक्रममा १२५ बल खेलेका दिपेन्द्रले ११ चौका र पाँच छक्काका साथ १४० रन बनाएका थिए।

उस्तै सानदार प्रदर्शन गरेका आरिफले १० बाउन्ड्री प्रहार गर्दै ९१ रन बनाएका थिए। त्यसपछि पुलिसले आर्मीलाई ३०४ रनको निकै ठूलो लक्ष्य प्रस्तुत गरेको थियो। यति ठूलो लक्ष्य दिएपछि पुलिसले जित आफ्नो पोल्टामा पारिसकेको थियो। तर आर्मीले एक बल बाँकी रहँदै ३०४ रनको लक्ष्य पूरा गरेर जित निकालेको छ।

दोस्रो पारीमा ब्याटिङ सम्हालेको आर्मीको पनि ओपनिङ राम्रो भएन। ११ रन बनाएका अर्जुन साउद २३ रनमा आउट भए भने १० रन बनाएका भीम सार्की ४६ रनमा आउट भए।

corrent noodles
Metro Mart

त्यसपछि हरि चौहान र रोहित पौडेलले आफ्नो टिमलाई १८१ रनसम्म पुर्याएका थिए। त्यसक्रममा चौहानले ९२ बलमा नौ बाउन्ड्रीसँगै ७५ रन बनाएका थिए।

यता रोहित पौडेलले पनि ८९ रन बनाएका छन्। रोहित आउट भएपछि पनि आर्मीका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सके। कप्तान विनोद भण्डारीले ३२ रन बनाए भने राजेश पुलामीले ४३ रन बनाएका थिए।

आजको खेलमा दुवै टिमले कमजोर प्रदर्शन गरे। यद्यपि आर्मीका विक्रम शोबले तीन विकेट गिराए भने शुसन भारीले एक विकेट लिए। आर्मीविरुद्ध पुलिसका करण केसी एक्लैले छ विकेट लिए पनि उनले १० ओभरमा ५२ रन खर्चिएका थिए।

पुलिसका राशिद खान र ललित राजवंशीले पनि समान १–१ विकेट लिए। यससँगै अब पुलिसको टिम पिएक कपबाट बाहिरिएको छ भने आर्मीले फाइनलमा स्थान बनाएको छ। साविक विजेता आर्मी यो पटक पनि फाइन पुगेको छ।

अघिल्लो वर्ष पनि एपिएफ र आर्मीले फाइनल खेलेका थिए। जहाँ आर्मीले एपिएफलाई हराएको थियो।

प्रकाशित: Nov 11, 2022| 17:37 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।