काठमाडौं– बंगलादेशमा जारी यू १५ महिला साफ च्याम्पियनसिपको अन्तिम खेलको पहिलो हाफमा नेपालले अग्रता बनाएको छ। खेलको १४ औं मिनेटमा समीक्षा मगरको शुसिला केसीले २५ यार्ड नजिकबाट गरेको प्रहार पोस्टमा छिरेको थियो। त्यसक्रममा बंगलादेशी खेलाडीले केही गर्न सकिनन्।
नेपाली मिडफिल्डर सेनु परियाले ड्रिबलिङबाट निकालिदिएको बलमा गोलको अवर सिर्जनान भएको थियो। यससँगै नेपालले खेलमा अग्रता बनाएको हो।
पहिलो हाफाको खेल सकिएसँगै नेपाल एक गोलले अघि छ। अघिल्लो खेलमा पनि जित निकालेको नेपालसँग अहिले ९ अंक छ। आजको खेलमा बराबरी मात्र भए पनि नेपालले प्रतियोगिताको उपाधि जित्नेछ।
निकै प्रतिस्पर्धात्मक खेलमा बंगलादेशले पनि निकै राम्रा अवसर सिर्जना गरेको छ। तर उसले गोल गर्न सकेको छैन। नेपालले भने सुरुआतमै अग्रता बनाएको हो।