काठमाडौं- अनुशासन समिति र कार्यसम्पादन समिति गठनका विषयमा छलफल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ ।
दिउँसो १ पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले अनुशासन समिति गठन गर्ने का लागि तयारी गर्ने प्रवत्ता विश्वप्रकाश शर्माले जानकारी दिए । सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलालगायतसँग छलफल गरेर समिति गठनको तयारी गरेका छन् ।
समितिको संयोजकमा देउवाले आफूनिकट नेता भीष्मराज आङ्देम्बेले बनाउने तयारी गरेको स्रोतले बताएको छ । यसअघि अनुशासन समितिको संयोजकबाट रमेश रिजालले राजीनामा दिएपछि उक्त पद खाली छ ।
यस्तै, आजको बैठकले कार्यसम्पादन समितिको गठनको गर्न सक्ने प्रवत्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा यी विषयसंगै समसामयिक राजनीतिक अवस्था र महासमिति बैठकको तयारीका बारेमा पनि छलफल हुने उनले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४