सोमबार, वैशाख ७, २०८३

कोरियामा एकैदिन ५४ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

दक्षिण कोरियामा बिहीबार मध्य रातिसम्म कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या ५४ हजार पाँच सय १९ जना थपिएपछि कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ६० लाख ९१ हजारजनाभन्दा बढी भएका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

सोल– दक्षिण कोरियामा बिहीबार मध्य रातिसम्म कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या ५४ हजार पाँच सय १९ जना थपिएपछि कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ६० लाख ९१ हजारजनाभन्दा बढी भएका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।  

National life

यहाँ गएको २४ घन्टायता ५४ हजार पाँच सय १९ जना सङ्क्रमित थपिएका छन्। अघिल्लो दिन अर्थात् बुधबार यहाँ ५५ हजार तीन सय ६५ जना रहकामा बिहीबार ती सङ्क्रमित थपिएका हुन्।

यहाँ कोभिड महामारी सुरु भएयता सङ्क्रमित भेटिएका समाचारमा जनाइएको छ। यहाँको रोग नियन्त्रण तथा निवारण निकायका अनुसार अघिल्लो हप्ताका तुलनामा बिहीबार सङ्क्रमित बढेका छन्। अघिल्लो हप्तामा यहाँ बढीमा ४७ हजारमा मात्र स्क्रमण देखिएको थियो।

यहाँ पछिल्लो दिनमा ४० जनाको यही सङ्क्रमणबाट ज्यान गएको छ। दक्षिण कोरियामा अहिलेसम्म कोभिडको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको सङ्ख्या २९ हजार पाँच सय ७१ पुगेको बताइएको छ। 


प्रकाशित: Nov 11, 2022| 16:00 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।