काठमाडौँ- तल्ला तहका कमिटीको एकीकरणमा विषयमा सहमति जुटाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (बिहीबार) पनि बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटरमा दिउँसो ३ बजे पछि बस्ने बैठकमा शीर्ष नेतहरुबीच तत्लो तहको एकताका विषयमा ठोस सहमति जुटाउने गरि छलफल हुने बताइएको छ । बुधबारको बैठकमा पेश भएको प्रतिवेदनका विषयमा आजको बेठकमा थप छलफल हुने एक सदस्यले जानकारी दिए ।
बैठकमा अध्यक्ष द्वयले एकीकरणका कार्यलाई सम्पन्न गर्ने नीतिगत मान्यता प्रस्तावित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रस्तुत मान्यता र मापदण्डमाथि छलफल गर्दै त्यसलाई टुङ्ग्याउने दिशामा अगाडि बढेको छ ।
पार्टीभित्र माधव नेपाल समूहले भागबण्डाको विषयमा असन्तुष्टि जनाएसँगै तल्लो तहको पार्टी एकतामा सकस हुँदै आएको छ । नेकपाका शीर्ष नेताहरुबीच तल्ला तहका कमिटीको एकीकरणमा सहमति नहुँदा भदौ पहिलो साता टुंग्याउने भनिएको एकीकरण अझै टुंगिएको छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४